विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ आयाबारीमा खेतमा हात्ती मृत अवस्थामा फेला परेको छ।
मीना कार्कीको घर पछाडी खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो ।
हात्ती के कारणले मरेको हो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीय, वन कार्यालयका कर्मचारी तथा रक्षकले मृत हात्तीलाई घेरा हालेर बसेका छन्।
हात्तीको दाह्रा, सुढ, पुच्छर र खुर सुरक्षित छ। स्थानीयका अनुसार मृत हात्तीको शरीरमा कुनै पनि चोटपटक छैन।
केही दिनदेखि यो हात्ती बुद्धशान्ति क्षेत्रमा घुमिरहेको थियो।
१० वर्षयता झापामा कम्तीमा ११ हात्ती मरिसकेको छ।

