झोराहाटको ३२ वटा पोलमा बत्ती जडान

झोराहाट । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर–२ मा रहेको झङडाई गाउँका ३२ वटा पोलमा सडक बत्ती जडान गरिएको छ ।

बत्ती जडान भएसँगै सडक र सडक वरिपरिका घर रातको समयमा पनि झिलिमिलि भएको ग्रामथान २ का वडाध्यक्ष कृष्णकुमार माझीले बताए ।

झङडाईको सानो पुलदेखि झङडाई सुकुमबासी टोल ढाबी टोलसम्म, झङडाईको सानो पुलदेखि दक्षिण सैनी मुडियारीको घरसम्म र उत्तरमा झङडाई चोकदेखि मंगलहाटसम्मका सम्पूर्ण पोलमा सडक बत्तीले झिलिमिली छाएको छ ।

शुक्रबार, २४ मंसिर, २०७८, दिउँसोको १२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर