विराटनगर । विराटनगर – ४ बगरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्युटका सञ्चालक ३७ वर्षिय गुनानन्द महतो पक्राउ परेका छन् । १९ वर्षिय युवतीलाई जवरजस्ती करणाीको प्रयास गरेको आरोपमा प्रहरीले महतोलाई सोमबार पाँच बजे पक्राउ गरेको हो ।
पीडित किशोरीले जवरजस्ती करणाी उद्योगमा उजुरी दिएपछि महतोलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
आफ्नो प्रोजेक्टका लागि युवती इन्स्टिच्युटमा सोमबार विहान पुगेकी थिइन् । एक्लै भएको मौका छोप्दै महतोले संवेदनशील अङ्गमा हात पु¥याएर जवरजस्ती करणीको प्रयास गरेको पीडित किशोरीले दिएको उजुरीमा उल्लेख छ । ‘कम्प्युट सिक्न कान्तिपुर इन्स्टिुमा जाने गरेको थिए । आज विहान अरु कोही विद्यार्थी आएका थिएनन् । त्यही मौका छापी महतो सरले आफुमाथि जवरजस्ती करणीको प्रयास गर्नुभएको हो,’ ती किशोरीले दिएको जाहेरीमा उल्लेखछ ।
पीडित भनिएकी युवतीले दिएको जानकारीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ‘अहिले इन्स्टिच्युट सञ्चालक महतोविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दामा जाहेरी परेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘आज साझ पक्राउ परेकोले भोली मंगलबार जिल्ला अदालत मोरङमा म्याद थप गरि अनुसन्धान सुरू गर्नेछौं ।’

