रविलाई गृह मन्त्रालय दिन अदालतकाे पूर्णपाठ चाहिँदैनः केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले गृहमन्त्रालय पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले यस्तने बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएकाे सहमति अनुसार रास्वपाले साे मन्त्रालय पाउनु पर्ने उनले बताए ।

आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमती रहेकाे पनि उनको दाबी छ । रास्वपाले गृहमन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि साेहि पार्टीको जिम्मा रहने उनले बताए ।

प्रधानमन्त्रीले अदालतकाे पूर्णपाठ आएपछि मात्रै गृहमन्त्रालयबारे निर्णय गर्ने भन्नू भएकाे छ नि भन्ने प्रश्नमा उनले पूर्णपाठ नचाहिने बताए । `पूर्ण पाठ किन चाहियाे पुराण वाचन गर्ने हाे र ?´ उनले भने ।

बिहिबार, १९ माघ, २०७९, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर