विराटनगर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।

पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर नियुक्त भएका छन् । हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठलाई हटाएर नयाँ सिफारिस गरेको थियो । नवनियुक्त मन्त्रिहरुको आज सपथ राखिएको छ ।