विराटनगर । विराटनगरमा श्रृखलाबद्ध हुने चोरीको मोटरसाइकल खरिद गर्ने गिरोहलाई मोरङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

मोरङ प्रहरीको विशेष टोलीले चोरीको मोटसाइकल खरिद गर्ने मोरङ बुढीगंगा गाउँपालिका – ६ घर भइ सुनसरीको दुहबी नगरपालिका – ३ मा डेरा गरि बस्ने ३२ वर्षिय बिनोद चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेको चौधरीको डेरादेखि प्रहरीले चाइनिज पेस्तोल र धारिलो हातहतियार पनि फेला परेको छ ।
प्रहरीले मोटसाइकल चोरीमा संलग्न संजय चौधरी र विवेक चौधरीलाई यसअघि पक्राउ परेका थिए । चोरी आरोपमा पक्राउ पर्ने अभियुक्तले दिएको बयानको आधारमा विनोदले चोरीको मोटसाइकल खरिद गर्ने गरेको खुलेको थियो । शनिबार राती विनोदलाई पक्राउ गर्न गएको प्रहरीले टोलीले उनको डेरा सर्च गर्ने क्रममा चाइनिज पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र धारिलो हातहतियार बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

पक्राउ परेका चौधरीले मोरङ र सुनसरीमा विभिन्न स्थानमा चोरी भएको मोटरसाइक खरिद गरि बिक्री वितरण गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । ‘चोरीमा संलग्न व्यक्तिहरूबाट ल्याएको मोटसाइकल विनोदले खरिद गर्ने र विक्री वितरण गर्ने गरेको पाइएको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी कोइरालले भने, ‘पक्राउ परेका प्रतिवादी अपराधिक क्रियाकलापमा पनि संलग्न भएको हुनसक्दछन ।’ विनोदले भारतदेखि अवैध रूपमा पेस्तोल ल्याएर अपराधिक क्रियाकलापमा संलग्न भएको हुनसक्ने भएकोले प्रहरीले अनुसन्धान थालेको छ ।
चोरीको मोटसाइलक खरिद गरि कमिसन खाएर विक्री गर्ने मुकुन्द चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संलग्न १६ जनालाई पक्राउ गरि अनुसन्धान गर्दै आएको छ । प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाईकल समेत फेला पारेको छ ।