विराटनगर । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश र संघको निर्वाचनसम्म नै वर्तमान गठबन्धन कायम रहने बताएका छन्।

राष्ट्रिय भूमि आयोगले जिल्ला समितिले आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका हुन्।

मन्त्री खाँणले आयोगलाई गफ कम गरी परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन्। विगतमा बनेका आयोगहरुले कामभन्दा पनि प्रवचन दिने गरेको टिप्पणी गर्दै मन्त्रीले यस आयोगले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए।

काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै ढुक्क भएर काम गर्नसमेत उनले आग्रह गरे। भूमिहीनहरूलाई भूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो नभनी काम गर्नसमेत उनले आग्रह गरे।