विराटनगर । नेकपा एमालेले गत स्थानीय तह निर्वाचनमा कमजोर नतिजा आएको निष्कर्ष निकालेको छ । मतमा एमाले ठूलो भएपनि सिट घटेको भन्दै त्यसको समीक्षा गर्ने समेत एमालेले जनाएको छ ।

आइतबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए । त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो ।

केही स्थानमा भने उम्मेदवारी चयन लगायतका विषय मिलाउन नसक्दा समस्या देखिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभर सम्बन्धित कमिटीमा समीक्षा हुने समेत उनले बताए ।