विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा पूर्वाञ्चल क्रिकेट एकाडेमी र भारतको कानपुर क्रिकेट क्बल युपी सेमिफाइनल प्रवेश गरेका छन् ।मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा मिल्स क्रिकेट क्बललाई १३१ रनको फराकिलो अन्तरले पराजित गर्दै पूर्वाञ्चल क्रिकेट एकाडेमी सेमिफाइनल प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ९ विकेट गुमाउँदै २३३ रन बनाएको थियो । जसमा पूर्वाञ्चलका विधानचन्द्र गोस्वामीले ७७ रन र मन्जित श्रेष्ठले ४१ रन बनाए । बलिङ क्रममा दुई विकेटसमेत लिएका मन्जित श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

२३४ रनको विजय लक्ष्य पछ्याएको मिल्सले १९ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा सिमित भयो । मिल्सका बिशाल ढकालले ३४ रन र रिजन चौधरीले १६ रन बनाए । स्रो खेलमा कानपुर क्रिकेट क्लब युपीले सिराहा क्रिकेट क्लबलाई पाँच विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । टस जितेरर ब्याटिङ गरेको सिराहाले २० ओभरमा १८७ रनको योगफल खडा गरेको थियो । जसमा सिराहाका दिपु दासले ६४ रन बनाए ।
१८८ रनको बिजय लक्ष्य पछ्याएको कानपुरले ५ विकेट गुमाउँदै १८ दशमलप १ बलमा सो लक्ष्य पुरा गरेको थियो । जसमा कानपुरका श्रेष्ठ मिश्राले ४५ रन र आकाश सिंहले ५९ रन बनाए । बिहीबारको अन्तिम क्वाटरफाइनल खेल एमसिसी ‘ए’ विराटनगर र होराइजन क्रिकेट क्लबबीच हुनेछ ।