भारतको महाराष्ट्रको बुलढाणामा गुडिरहेको बसमाआगलागी,२५ जनाको मृत्यु

काठमाडौं । भारत,महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजीबसमाआगलागीहँदा २५ जनाको जलेर मृत्यु भएको छ ।
दुर्घटना शनिबार बिहानमहाराष्ट्रको बुलढाणा स्थित समृद्धि एक्सप्रेस–वे माभएको हो ।

बसमा सवार ३३ यात्रु मध्ये २५ जनाको मृत्यु भएको पे्रस ट्रस्ट अफइन्डिया(पीटीआई)ले लेखेको छ । बस नागपुरबाट पुणेतर्फ आइरहेको बेलाटायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गई एक खम्बामा ठोकिएको थियो । त्यसपछिपुनः डिभाइडरमा ठोकिनपुग्दाडिजेल ट्याङ्की फुटेर बसमाआगो लागेकोबुलढाणा प्रहरीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

दुर्घटनामा घाईते यात्रुको बुलढाणा सिभिल अस्पतालमा उपचारका भैरहेको छ । बसमा सवार केहीयात्रुले भने बसको झ्यालको सिसा फुटाएर ज्यानबचाउन सफलभएका छन् । मृतकको पहिचानभइनसकेको खबर भारतीय सञ्चारमाध्यमले दिएकाछन् । त्यस्तै, महाराष्ट्रका मुख्यमन्त्रीएकनाथशिन्देले दुर्घटनाप्रति दुःखव्यक्तगर्दैज्यानगुमाउनेका परिवारजनलाई पाँचपाँचलाख रुपैयाँआर्थिक सहायतादिने घोषणा गरेका छन् ।

शनिबार, १६ असार, २०८०, दिउँसोको ०२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर