विराटनगर । नेपाल पूर्व प्रहरी संगठन विराटनगर महानगरपालिकाको तदर्थ समिति गठन भएको छ । तदर्थ समितिको संयोजक पूर्व डिएपी कविन्द्र कार्की रहेका छन् । सह–संयोजक मोहन रायमाझी र सोमादेवी कार्की रहेका छन् ।
विराटनगरमा शनिबार भएको पूर्व प्रहरीहरुको भेलाले सचिब धर्म लामिछाने, सहसचि ढकेन्द्र केसी, कोषाध्यक्ष मणीराज ढकाल, सहकोषाध्यक्ष योगेन्द्र राज शर्मा रहेका छन् । सदस्यहरुमा प्रकाशस गुप्ता, कल्पना पाण्डे, टिका ठकुरी, ढण्डी पोखरेल र यादव खड्का रहेका छन् । भेलामा १ सय ५५ जना पूर्व प्रहरीहरुको सहभागिता रहेको थियो ।
बिन्धेश्वर श्रेष्ठको टिमले एकलौटि तरिकाले संगठन चलाएको १२ वर्षदेखि अधिवेशन पनि नगराएको कारणले पुर्व प्रहरीहरु भेला भएर तदर्थ समिति गठन गरेको पुर्व डिएसपी राम श्रेष्ठले जानकारी दिए । पूर्व प्रहरी संगठनमा विराटनगर, कटहरी, बुढीगंगा अवाकासप्राप्त प्रहरीहरु सो संगठनमा आवद्ध रहेका छन् ।
पूर्व प्रहरी संगठनकोे संयोजकमा कार्की
सहि धेरै पहिले हुनुपर्ने काम अलिक ढिलाे गरेर भएनि सुरुवात भयाे।

