गोपाल किराती
गोपाल किराती माक्र्सवादको तीन संघठक अंगमध्ये एक वैज्ञानिक समाजवाद हो, जसका निम्ति विज्ञानम्मत मानवीय समाजको अध्ययन अनुसन्धान गरिन्छ । कार्ल माक्र्सले दर्शन र मुख्यतः राजनीतिक अर्थशास्त्रको अनुसन्धानमा सम्पूर्ण शक्ति केन्द्रीत गर्नु परेको हुँदा समाजशास्त्रीय अध्ययन र व्याख्यामा उनले पर्याप्त समय दिन सकेनन्, जुन स्वभाविक थियो । परन्तु, फ्रेडरिक एङ्गेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पति’ पुस्तकको रचनाबाट त्यसको गहनतम् आपूर्ति भयो । यसरी एङ्गेल्सको प्रस्तुत रचनालाई माक्र्सवादी समाजशास्त्रको मार्गनिर्देशक ग्रन्थका रुपमा स्वीकार गरिन्छ ।
सार्वभौम चरित्रमा फ्रेडरिक एङ्गेल्सको समर्थन गर्दै विभिन्न ऐतिहासिक समाजको विशिष्ट चरित्रमा भने थप विकास गर्दै अघि बढ्नु माक्र्सवादी दायित्वमा पर्दछ । जसले, समाजशात्रीय अध्ययन कार्यलाई समृद्व पार्दै वैज्ञानिक समाजवादको मार्ग फराकिलो तुल्याउने हुन्छ । यसै उद्देश्यले उपरोक्त सवालवारे यहाँ नितान्त संक्षेपमा प्रकाश पार्ने प्रयास गरिएको छ ।
१. फ्रेडरिक एङ्गेल्सको समाजशास्त्रीय रचनाबारे
‘प्राचीन समाज’ शीर्षक लुईश मोर्गनको अनुसन्धान पुस्तकलाई समर्थन गर्दै मुख्यतः त्यसैका आधारमा लेखिएको परिवार, निजी स्वामित्व र राज्यको उत्पतिबाट एङ्गेल्सले बाखोफन र मक लेननको भने झाँको झारेका छन् । त्यसो गर्नुको मूल उद्देश्य समाजको विकासक्रममा परिवारको विकासबाट निजी सम्पति सम्बन्ध स्थापना भएको र निजी सम्पति सम्बन्ध स्थापनाका कारण उत्पीडनकारी राज्यको उत्पति भएको ऐतिहासिक सच्चाई शिद्ध गर्नु थियो । एङ्गेल्सको रचनाबाट सो उद्देश्य अत्यन्त सानदार रुपमा पूरा भएको पनि छ । ऐतिहासिक विकासक्रममा समाज आदिम सामुदायिक व्यवस्थाबाट दास–मालिक व्यवस्थामा, दास–मालिकबाट सामन्ती व्यवस्थामा र सामन्ती व्यवस्थाबाट पूँजीवादी व्यवस्थामा परिणत भएको तथ्य सर्वत्र स्थापित छ ।
आदिम सामुदायिक व्यवस्था (आदिम साम्यवाद) मा मानव जातिकबवीच सामूहिक श्रमद्वारा बस्ने घर निर्माण तथा खाध्य वस्तु र कपडा उत्पादन एवं समतायुक्त वितरण प्रणाली रहेको थियो । जहाँ सम्पतिका नाममा निजी भन्ने कसैको केही हुँदैनथ्यो । त्यसैले आदिम साम्यवादी समाज व्यवस्थामा मानिसले मानिसको विरुद्व शोषण, उत्पीडन गर्न पाउँदैन, सक्दैनथ्यो । यो तथ्य मोर्गनको खोजबाट सिद्ध गरिएको छ कि लाखौंको जनसंख्यामा रहेका ईरोक्वा तथा पुनालुआ जातिको समुदायमा आज भन्दा ठिक अढाई सय बर्ष अघिसम्म आदिम साम्यवादी समाज व्यवस्था सुरक्षित थियो । जब यूरोपेलीहरुले सैनिक कब्जा जमाएर त्यस महादेशलाई अमेरिका नामाकरण गर्दै उग्र पुँजीवाद थोपरे, आफ्नो साम्यवादी व्यवस्थासँगै आदिवासीहरु चरम बिनाशको शिकार बन्न अभिशप्त रहे ।
माक्र्सवाद वस्तुतः निजी सम्पति सम्बन्धको उत्कर्ष पूँजीवादी अन्तर्विरोध हल गर्ने विज्ञान हो । त्यसैले दार्शनिक, राजनीतिक अर्थशास्त्र एवं समाजशास्त्र जस्ता तीनै संघटक अंगबाट माक्र्सवादले पुँजीवादमाथि हमला केन्द्रीत गर्दै निजी सम्पतिविहीन साम्यवादमा पुग्न वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्रस्तावित गर्याे । यस ऐतिहासिक सिद्धिका निम्ति मोर्गनको खोजले उत्तम सेवा पुर्यायो भने हजारौं बर्ष अघि एथेन्सको मातृसत्तात्मक डेमोट समाजव्यवस्थालाई पनि एङ्गेल्सले समतूल्य प्रस्तुत गरेका छन् । जसबाट मानव जातिको आदिम सामुदायिक स्वरुपलाई बुझ्न सकियोस् ।
एङ्गेल्सको समाजशास्त्रीय इतिहासको उपरोक्त परिचयबाट भन्न खोजिएको यो हो कि आदिम साम्यवादको विस्थापनद्वारा निजी सम्पति सम्बन्धका दास–मालिक प्रथा, सामन्तवाद र पूँजीवादका युगहरु सार्वभौमिक स्तरमा सत्य हुन् । तर, विद्यमान आदिवासी जगत र दक्षिण एसियाको जात व्यव्यवस्था ग्रस्त समाजका आफ्ना मौलिक विशिष्टता छन् । अतः यी विशिष्टताहरुको अध्ययन गरि वर्गसंघर्षको वस्तुसंगत रणनीति र कार्यनीति निर्धारण गर्नेमा माक्र्सवादीले सामथ्र्य आर्जन गर्न सक्नैपर्छ ।
२) सार्वभौम युगहरुभित्र आदिवासी जगतका विशिष्टताहरु
उदाहरणका लागि डेमोट प्रणाली अख्तियार गर्ने एथेन्सवासीहरुले स्वयंको विकास प्रक्रियामा आदिम साम्यवादी समाज व्यवस्थाको विकल्प खोज्दै निजी सम्पति र पित्रीसत्तात्मक समाजतर्फ फड्को मारे । परिणाम, दास–मालिक प्रथा शुरु भयो । यद्यपि त्यो एथेन्सवासीहरुकै निर्णयमा भयो । सामन्तवाद र पूँजीवादको अभ्यास पनि एथेन्सवासी स्वयंले गरे । यसरी स्वयंको निर्णय र नेतृत्वमा अघि बढ्न पाउँदा एथेन्सवासीले आफुलाई ९साझा भूगोल, साझा भाषा, साझा आर्थिक जीवन प्रणाली र एकल मनोवैज्ञानिक संरचनायुक्त स्वतन्त्र राष्ट्रको रुपमा विकसित गर्न सके, जुन राष्ट्र निर्माणको सार्वभौम विकास प्रक्रिया बन्यो । तर, आदिवासी जगतको इतिहास नितान्त पृथक रह्यो । यूरोपेली कोलोम्बसको अमेरिका चढाई र त्यसले थोपरेको पूँजीवादी अर्थराजनीतिले आदिवासी जगतको बिनाश गर्र्याे । त्यहाँस्थित लाखौं आदिवासी जनताको चिहानमाथि हालको साम्राज्यवादी संयुक्त राज्य अमेरिका खडा छ । भन्न खोजिएको यो हो कि त्यहाँस्थित आदिवासीले दास–मालिक प्रथा र सामन्तवादको अभ्यास नगरेको अवस्थामै वैदेशिक पूँजीवादको आक्रमण भोग्नुपर्याे । आदिम साम्यवादी जीवनले सिधै पूँजीवादी प्रकोप व्यहोर्नु पर्याे । परिणाम, आदिवासी समाजव्यवस्थासंगै तिनको अस्तित्व ध्वस्त पार्ने अपराध भयो ।
राउटे र कुसुण्डा बाहेक नेपालका आदिवासीले दास–मालिक युगको अभ्यास गरेनन् । उनीहरु सिधै सामन्तवादको सामना गर्न अभिशप्त भए, जुन गोर्खाली सामन्ती राज्य विस्तारबाट निसृत थियो । राउटे र कुसुण्डाको ऐतिहासिक सन्दर्भ चाहिं अमेरिकास्थित आदिवासी समतुल्य छ, जसले स्वयंको नेतृत्वमा दास–मालिक तथा सामन्तवादको अभ्यास नगरी एक्कै चोटी पूँजीवादको मार भोग्नु परेको छ । चीनस्थित हेचे लगायत सीमन्तकृत जातिको स्थिति पनि दास र सामन्ती युग बाहिर नै थियो । तर, माओको समाजवादी व्यवस्थाले ती जातिहरुको योजनाबद्व रक्षा गर्याे ।
३) हिन्दु जात व्यवस्थाको कोरोना प्रकोप दक्षिण एसियाली समाजमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको
जात व्यवस्थाले वर्गसंघर्षलाई सरल रेखामा हिँड्न दिएको छैन । यो पनि एक विशिष्ट प्रश्न हो । राहुल सांकृत्यान अनुसार ३५०० वर्ष अघि वेदको रचना भयो । तर, गैरब्राम्हणले वेद पढ्न पाएको सय वर्ष पनि नाघेको छैन । परमब्रम्हवाद बाहेक पाँच वेदमा कैयन ज्ञानवद्र्वक शिक्षाहरु छन् । परन्तु, त्यसको पठनपाठन अधिकार राज्यसत्ताको बलमा ब्राम्हणमा सीमित तथा आम जनतालाई बर्जित गरियो । तब कसरी सफल हुन्छm समानता, स्वतन्त्रता र बन्धुभावको समाजवादी आन्दोलन ?