क्लासिक टेकको निन्दनीय कार्य

 पुण्य पी अधिकारी

सेवाग्राहीले गरेको गुनासोलाई समेटेर समाचार प्रकाशन गरेको विरोधमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले अनलाइन समाचार पोर्टल आवर विराटनगर डट नेट ‘ब्लक’ ग¥यो । समाचारका विषयमा चित्तनबुझे कानुनी उपचार खोज्नु पर्नेमा क्लासिक टेकले उल्टो बाटो रोज्यो । अनलाइन समाचार पोर्टल आवर विराटनगर डट नेट ब्लक गर्दा क्लासिक टेकले कुन किसिमको सम्मान वा उपाधि पायो भलै त्यो भन्न सकिने विषय भएन । तर, समाचारकै विषयलाई लिएर क्लासिक टेकले अनलाइन समाचार पोर्टल ब्लक गर्नु चाँहि कानुन विपरीत थियो ।

क्लासिक टेकले अनलाइन पोर्टल आवर विराटनगर डट नेट ब्लक गर्दा यसले तमाम विषयहरूलाई सतहमा ल्याएको छ । आफ्नो कम्पनी वा व्यवसायका विरूद्ध गतल सूचना वा समाचार प्रकाशन प्रशारण भएको भए क्लासिक टेकले आवर विराटनगर डट नेटसँग कानुनी लडाई लड्नु पर्ने थियो । तर, त्यो उसले गरेन, मात्र दम्भ र घमण्डका भरमा अनलाइन पोर्टललाई पाठकसम्म पुग्ने बाटो बन्द गरिदियो । जुन अचम्म लाग्ने विषय हो । सञ्चार माध्यममा प्रकाशन वा प्रसारण भएका विषयमा सम्बन्धित व्यक्ति, संस्था, फर्म वा कम्पनीले शिकायत गर्न पाउने व्यवस्था नेपालमा गरिएको छ । सूचना विभागदेखि लिएर प्रेस काउन्सिल नेपाल कानुनी उपचारका लागि सहयोग गर्ने निकाय हुन् । तर, क्लासिक टेकले व्यवहारले भने उसले सही सत्य नगरेको आँफै प्रष्ट पा¥यो । आफ्नो कम्पनी वा सेवा विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्नु पर्नेमा चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा लुकाए झैँ व्यवहार क्लासिक टेकले ग¥यो । सञ्चार माध्यम र पत्रकारिता राज्यका चौथो अङ्ग हुन् । चौथो अङ्गले कमजोरी गरे वा बदनियतपूर्वक सूचना वा समाचार प्रकाशन गरेको अवस्थामा पनि पीडित पक्षले काुननी उपचार नै खोज्ने हो । तर, आवर विराटनगर डट नेटका सन्दर्भमा क्लासिक टेकले कानुनभन्दा आफूलाई माथि उभ्यायो ।

संविधानको धारा १७ मा स्वतन्त्रताको हक उल्लेख छ । उक्त धाराको उपधारा २ को (क) बुँदामा विचार र अभिव्यक्तिको स्वतन्त्रता उल्लेख छ । यस्तै संविधानको धारा १९ मा सञ्चारको हक उल्लेख छ । उक्त धाराको उपधारामा(१)मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भन्ने उल्लेख छ । यस्तै सोही धाराको उपधारा (२)मा कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्यकुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रशारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन भन्ने उल्लेख छ ।

संविधानप्रदत्त अधिकारको उपयोग गरिरहेको अवस्थामा क्लासिक टेकले आवर विराटनगर डट नेटलाई ब्लक गर्नु पूर्ण प्रेस स्वतन्त्रताको विरूद्ध हो । निजी सेवा प्रदायक कम्पनीले कानुनी उपचारलाई भुलेर आँफै वर्जित र खुल्ला गर्ने अधिकार प्रयोग गर्नुले राज्यको चौथो अङ्गमाथि धावा बोलेको प्रष्ट हुन्छ । कानुनी उपचारका पक्षमा आवर विराटनगर डट नेट अघि बढ्दा केटाकेटीलाई फुस्ल्याए जसरी ब्लक खोलिदिने र केही समयपछि पुनः ब्लक गरिदिने क्लासिक टेकको नियत खराब नै हो ।

आममानिसले कुनै पनि माध्यमबाट सूचना पाउनु उसको सूचनापाउने अधिकार हो । जसलाई संविधानले मौलिकहकका रूपमा समेत व्याख्या गरेको छ । नेपालमा पत्रकार र सञ्चारमाध्यममाथि समय समयमा यस किसिमका प्रहार हुने गरेका छन् । नेपालमा फ्रि मिडिया नेटवर्क मार्फत सञ्चार माध्यम र पत्रकारमाथि भएका घटनामा अध्ययन अनुुसन्धान पनि हुने गरेको छ । मानवअधिकार रक्षकको परिभाषाले समेटिएका पत्रकारहरू वा उनीहरू कार्यरत सञ्चार माध्यममा कुनै पनि हिसाबले अवरोध गर्नु निन्दनीय कार्य हो । पत्रकार आँफै मानवअधिकार रक्षक भएकाले उसले समाज र राष्ट्रका लागि पु¥याएको योगदानको विषेश अर्थ रहन्छ । तर, समाचार वा सूचना प्रकाशन भएको विषयमा कानुनी उपचार खोज्नुको सट्टा दम्भ प्रस्तुत गर्ने क्लासिक टेकलाई कानुनी कारबाही गरी आवर विराटनगर डट नेटलाई क्षतिपूर्ति दिलाउन आवश्यक छ

बिहिबार, १७ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर