विराटनगर । अवैध लागूऔषध र नगदसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानीले लागूऔषध र १७ हजार ९ सय ३० रुपैयाँसहित विराटनगरका २२ वर्षिय अबदेश कुमार दासलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दासको साथदेखि बिओपी रानीको सशस्त्र प्रहरी टोलीले लागूऔषधसहित प्रदेश १ –०२–०४३ प २८०३ नम्बरको मोटरसाइकल पनि विराटनगर १७ इस्लामपुरदेखि बरामद गरेको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका दासलाई बिओपी रानीले थप कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगमा बुझाएको छ ।