विराटनगर । अनेमसंघ क्रान्तिकारी सुन्दरहरैचा मोरङले आर्थिक अवस्था नाजुक भएका कोरोना संक्रमित सुत्केरी महिलाहरूलाई राहत सामाग्री वितरण गरेको छ ।

अनेमसंघले सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्यन्य र स्वास्थ्य सामाग्री वितरण गरेको जनाएको छ ।

आर्थिक अवस्थामा नाजुक भएका परिवारका सदस्यहरुलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको नेतृ कल्पना घिमिरेले बताइन् । उनका अनुसार संघले ७० जनालाई राहत सामाग्री वितरण गरेको थियो ।