रेवती ढुङ्गाना ‘रफ्तार’
साईला बा को निकै धपेडि थियो । बेलै देखि दीर्घ रोगले थलिएकी श्रीमतीलाई यहि बेला बिरामले झन चापेको थियो । दुई छोरा दुई छोरी नाति नातिनाले भरिपूर्ण उनी उमेरले साठी कटि सकेका छन् । एक किसिम ऐस, आराम र सुख, सन्तोषको अनुभूत गर्ने उमेरको भएका छन् उनी ।
छोरीहरु विवाह भै आ–आफ्नो घर गई सकेका छन् । छोराहरु स्वदेशमा रोजगारी नभएर विदेशिएका एक/डेढ वर्ष नै भई सकेको छ। जेठि बुहारी पनि घर छाडेर नानीहरू लिएर जिल्ला सदरमुकाम तिर डेरा लिएर बसेकी छन् । उनी कान्छि बुहारी नाति र सानी डेढ वर्षकी नातिनी र बिरामी श्रीमतीसहित घर सम्हालेर बसेका छन् ।
साँझ पर्न लागेको थियो । एक दिन पुराना छिमेकी भएको नाताले म भेटघाट गरौं भनि त्यो घरमा पुगे। बा सानी नानी काखिमा च्यापेर सिँढी मुनिको सानो अँध्यारो कोठाको चुलोमा खाना बनाउने तरखर गर्दै हुनुहुन्थ्यो ।
घरकी कान्छि बुहारी बडो स्नेहले जरक जरक भाषामा सासू र ससुरालाई गाल मुखाल गर्दै थिईन। म पुगेको देखेपछि ठूलो छोरोलाई बेस्सरी पीटिन अनि परक्क बटारिदै घरबाट बाहिर लागिन।
साईला बा रुँदै गरेकी सानी नानी एक हातले काखिमा च्यापेर फेरि भित्र भान्सा कोठामा पस्नु भो र एक हातले दिउरेको बिट समातेर चिया बनाउनु भो। आँखाबाट बरर आँशु झार्दै मलाई एक कप फिका चिया ल्याएर दिनु भो। सधैंको रडाकोले पिलिएकि साईलि आमै थरर.. काम्दै ‘कालले मलाई कहिले लान्छ होला र यो देख्नु पर्दैन थियो होला बाबु’ भन्दै मसँग गुनासो पोख्दै हुनुन्थ्यो । यो दृश्यले मलाई सोच मग्न बनायो, यो समाज कता जाँदै छ ?
अहिले चै लेख राम्रो छ ।