जयप्रकाश महतो
पृष्ठभूमि :
सतुआईन र जुडशितल राष्ट्रिय पर्व पवनी हो । नेपाललाई चाडपर्वको देश भनेर चिनिन्छ । हरेक दिनको बिहानीले हामीलाई नयाँ मौलिक सन्देशमुलक विचार प्रदान गर्छ । तराई मधेशका सबै जिल्लाहरुमा हर्षोल्लासका साथ जुडशितल(सिरवा) पवनी मनाउने गरिन्छ । यस पवनीलाई आर्शिवादको पवनी पनि भनिन्छ । यस पवनीमा आफूभन्दा ठुलाबडाबाट आर्शिवाद लिने गरिन्छ । यस पवनीको विशेष महत्व रहेको छ । समाज विज्ञानको आधारमा मगही संस्कृतिः जुडशितल(सिरवा) पवनीलाई स्थापित गरेको उल्लेख पाईन्छ । एक समयमा खेतीपातिलाई निकृष्ट (तल्लो स्तरको) पेशाको रुपमा लिईन्थ्यो । त्यसबेला पिछडावर्ग र दलितमा पर्ने जातिहरुले निकृष्ट पेशालाई पनि उत्कृष्ट पेशामा परिर्वतन गर्न सफल भएको कुरा इतिहासमा उल्लेख छ । त्यसैले, एउटा भनाई छ– खेती करी तरकारी नोकरी करी सरकारी । निकृष्ट पेशालाई पनि उत्कृष्ट पेशामा परिर्वतन गरेको कारण मगही भाषीलाई कृषिकारको उपाधिले चिनिन्छ । कृषिकारको रुपमा स्थापितमगही समुदायले मौसम, वातावरण, भुगोल, संस्कार र संस्कृतिको आधारमा अन्नहरु उब्जाउने र उपयोग प्रयोग गरेको देखिन्छ । त्यसैले, मगही समुदायलाई पेशाकर्मी–कर्मयोगी–स्वाबलम्बी भनेर चिनिन्छ । मिथिलामा सतुआईन पवनीको शुरुवात कृषिकारहरुले गरेको देखिन्छ ।
समय, तिथि, मिति : बिक्रम सम्बत वा नयाँ वर्षको आगमनको तिथिमितिमा जुडशितल(सिरवा) मनाउने गरिन्छ । बैशाख १ गते नयाँ वर्षभन्दा एक दिन अगाडि सतुआईन पवनी मनाईन्छ । यो पवनीलाई तराई मधेशको समाजमा निक्कै महत्व रहेको छ । यो पवनी तराई मधेशको भुगोल अनुसार एक दिन अगाडि पछाडी मनाईन्छ । कुनै–कुनै स्थानमा वैशाख १ गते सतुवाईन र २ गते जुडशितल मनाउने चलन रहेको छ । सातु गुड(शखर) र आमको टिकुला सब भन्दा पहिला गृह देवता(कुल देवता) गोसाईलाई पुरनको पातमा पुजा गर्न चढाईन्छ । तराई मधेशको ब्राम्हण समाज समुदायमा सतुआईनलाई मेषक संक्रान्ति भनिन्छ । सतुआईनलाई बैशाखी पनि भनिन्छ ।
सातु बनाउने अन्नहरु: चामल, मकै, चना, गँहु, भटमास, केराउ, जऊलाई एक ठाँउमा मिलाएर पिसाईन्छ । सातुमा प्रयोग हुने अन्नहरु पौष्टिक आहार हुन् । सातुको उपयोगितालाई शरिरमा ताकत दिनको लागि भिटामिनको रुपमा लिईन्छ । सातवटा अन्नबाट बनेकोलाई सातु भनिन्छ । सात+अन्नलाई कालान्तरमा सतुआईन भनेको बुझिन्छ ।
सतुआईनको बैज्ञानिक पक्ष : गर्मीको मौसममा खानाको रुची हुदैन । खान मन लाग्दैन । मनमा शान्ति रहदैन । सात वटा अन्नहरुबाट बन्ने सातुको प्रयोग गर्नाले मनमा सितल प्रदान गर्छ । पितलको वा माटोको भाँडोमा भरेर राखेको पानीमा सातु बनाउने चलन छ । पितलको भाँडामा पानी भरेर राख्दा पानी प्रकृतिक रुपमा स्वस्थ्य रहनुको साथै चिसो पनि रहन्छ । सतुआईनको दिन पवित्र शुद्ध माटो वा पितलको भाँडोमा पानी भरेर आ–आफनो कुलदेवताको अगाडि राख्ने चलन छ । जुडशितलमा सोही भाँडोको पानी घरको जेष्ठ नागरिक वा घरको श्रेष्ठले लोटामा जल राखेर आफूभन्दा सानोको टाउकोमा जल थपथपाउने गर्छ । मगही समाजमा एउटा लोक भनाई ः “फगुवा उसारे आशिरुवा पसारे” रहेको छ । अर्थात अधिल्लो वर्षको सबै पवनी समाप्त हुन्छ र नयाँ सालमा नयाँ विचार, सोच, दृष्टिकोणको साथ सबै चाडवाड पुनः शुरुवात हुन्छ ।
जुडशितलको अर्थ : जुडशितल भनेको जुराउनु हो । घामले गर्दा टाउकोमा गर्मी लाग्ने र तल हिँड्दा खुट्टामा गर्मी लाग्ने चलन रहेको छ । अग्रजले सानोलाई टाउकोमा जल हाल्ने र सानाले अग्रजको खुट्टामा जल हाल्ने प्रथा हो । यसले दुबैलाई जुराउने कार्य गर्दछ । जुडशितललाई शाब्दिक अर्थमा हेर्ने हो भने“ शितल जलले जुडाउनु हुनजान्छ । जुडशितल पर्वका दिन सुर्योदयभन्दा धेरै अगावै घरका मान्यजनहरुले आफूभन्दा सानालाई टाउकोमा पानी हाली(जुडाईं) दिर्घायु एवं स्वस्थ्य रहने आर्शिवाद दिने गर्छन् । टाउकोमा पानी जुडाउनुको अर्थ टाउको शितल रही राम्रो राम्रो काम गर्नु हो । अर्थात टाउको शितल भएपछि मान्छेको कम्प्युटर रहेको दिमाग पनि शितल हुन्छ र शितल दिमागले गराएको काम जहिले पनि राम्रो र विकाशसिल हुन्छ । मगही भाषामा जुडशितललाई जुरशतिल भनिन्छ । यसले विरुवाको जरामा पनि शितल प्रदान गर्दछ । त्यही अनुसार त्यसदिन विरुवाको जरामा पनि पानी हाल्ने गरिन्छ ।
जुडशितलको बैज्ञानिक एवं समाजिक पक्ष: गर्मीको मौसममा ठुलाबडाहरुले आफूभन्दा सानोलाई टाउको मा पानी थापेर आर्शिवाद दिन्छ र सानाले खुट्टा ढोगेर आर्शिवाद ग्रहण गर्ने चलन रहेको छ । टाउकोमा पानी दिनुको अर्थ गर्मीको मौसममा टाउको गरम हुन्छ, त्यसलाई चिसो बनाउने काम गर्दै माया, प्रेम, सदभाव, मेलमिलाप, सुमधुर सम्बन्ध कायम गर्न मद्दत गर्छ । एक अर्कोप्रतिको भावना सकारात्मक कायम गर्दै एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने दृष्टिकोणको पनि विकास गर्छ ।
साथै, जव सानाले खुट्टा ढोगेर र खुट्टामा पानी हालेर आर्शिवाद ग्रहण गर्छ । त्यसबेला आफूभन्दा ठुलाबडाको खुट्टा हेर्ने मौका प्राप्त गर्छ । अर्थात हाम्रा ठुलाबडाले त्यही खुट्टाको बलमा आफ्नो मेहनत गरी घर परिवार, समाजको गुजारा गरेको हुन्छ । त्यो अमूल्य मेहनतलाई हामीले हृदयबाट आदर सम्मान गर्नुपर्छ भन्ने भावनाको सन्देश पनि दिन्छ । यस कार्यको महत्व बढ्दै गयो र कालान्तरमा संस्कार, संस्कृति हुँदै पर्व पवनीको रुपमा स्थापित भएको पाईन्छ ।
सोहीदिन आर्शिवादको कार्यक्रम सकेपछि सबैको घरमा भर्खरै खेतबाट गृह प्रवेश गरेको अन्नहरुको बिभिन्न परिकार पकवानहरु बनाई एक अर्कोलाई आ–आफ्नो घरमा बोलाएर खुवाएर मनाईन्छ । अर्थात नयाँ वर्षको स्वागत गर्दै वर्षभरी हर्षोल्लासका साथ जीवन वितोस् भन्ने भनाई पनि रहेको छ ।
जुडशितलको समाजिक पक्ष : समाजको जेष्ठ नागरिकहरु श्रेष्ठ अग्रजहरु गाउँभरी घुमेर आफूभन्दा सानालाई टाउकोमा जल हालेर थपथपाउछ र सानोले ढोग्ने चलन रहेको छ । यसले समाजलाई एउटा घागोमा बाँधेोर राखेको देखिन्छ । यो संस्कार र संस्कृतिले समाजमा एक अर्कोलाई सम्मान गर्नुपर्ने, एकअर्कोप्रति सकारात्मक विचार राख्नुपर्ने सन्देश पनि दिन्छ । यस संस्कारले दादादादी, काकाकी, हजुर आमाबुवा, मामामी, दाजुभाउजूहरुले बैशाखको शुरुवात आगमनमा आर्शिवाद दिने चलन छ । तर, आजकल भौतिकपादको युगमा टाउकोमा जल हाल्ने प्रथा लोप हुन लागेको देखिन्छ । साथै समाजमा नकारात्मक सोचको विकास पनि भईरहेको देखिन्छ ।
त्यसैकारणले मान्यजनले त्यस्तो विनाश नमित्याउन भन्ने हेतुले टाउकोमा शितल जल जुडाउने गरेको पाईन्छ । त्यो पनि सुर्योदयभन्दा धेरै अगाडि ढोग्नुको तात्पर्य विहानको हावा निर्मल र स्वच्छ हुने गर्छ जसकाकारण मानिस स्वस्थ र निरोगी रहने गर्दछ । त्यसैले होला चिकित्सकहरुले विरामीहरुलाई विहान केही क्षण हिँडडुल गर्ने गर्छन् । यो स्वास्थ्य, दिर्घजीवी र निरोगी रहने सन्देशसमेत यो पर्वले दिने गरेको पाईन्छ । त्यसपश्चात घरका सदस्यहरुले पानी लिई आफूले लगाएको वा आफ्नो स्वामित्वमा भएको बटविरुवाको जरामा पनि पानी हाली बोटविरुवालाई स्वस्थ्य राख्ने गर्छन् । जसका कारण वोटले फलसंँगै शुद्ध अक्सिजनसमेत दिने गर्छ भन्ने मान्यता रहेको छ । त्यसैगरी दिवंगत भएका आफ्ना कुटुम्ब र आफन्तजनहरुको समाधिस्थलमा समेत पुगी आर्शिवाद लिने चलन रहेको छ । यसैदिन पिउने कुवाको पानी र हिलोलाई समेत सफा गरी शुद्ध बनाईने गरिन्छ । यस दिन दाल, भात, वरी, कठी, आँपको चटनीलगायतका परिकारहरु खाई रमाईलो गर्ने गर्छन् । यसैदिन सल्हेश मन्दिर भएको ठाउँमा भव्य मेलाको आयोजना तथा पुजापाठ गर्ने गरिन्छ ।
प्रकृतिमैत्री पवनी जुडशितल : यो दिन घर आँगन, दरवाजालाई सरसफाई गर्ने, गाईको गोबरले आँगन लिप्ने गरिन्छ । साथै, रुख विरुवाहरुको जरामा पानी हाल्ने गरिन्छ । अर्थात बैशाखको महिनामा पानी सुख्खा हुने र सुख्खा भएको बेला रुख विरुवा सुक्न पनि सक्छ । तसर्थ, मान्छेलाई मात्र पानी होईन रुख विरुवालाई पनि पानी त्यतिकै चाहिन्छ । साथै, त्यस दिन पशु जनावरहरुलाई पनि मिठोे खानाको परिकार खुवाईन्छ । अर्थात, रुख विरुवा, पशुपंक्षी स्वस्थ्य रहे मान्छेको जीवनपनि स्वस्थ्य रहन्छ अन्यथा मान्छे स्वस्थ्य रहन सक्दैन् भन्ने सन्देश दिन्छ ।
जुडशितलमा खानाको परिकारहरु : आँपको टुकुलाको चटनी, तरुवा, बडी झोरी, दालको पुरी, सोहिजनको तरकारी, आलुको तरुवा, विभिन्न प्रकारका तरुवाहरु, दाल, भात, तरकारीहरु पकाईन्छ ।
जुडशितल र सतुआईन कार्यक्रम मनाउन गर्नुपर्ने कार्यहरु:
अहिलेको भौतिकवादी अवस्था र विदेशी संस्कृतिको प्रभावको कारण केही महत्वपूर्ण विषयहरु लोप हुन लागेकोले त्यसलाई संरक्षण गर्नु आजको आवश्यकता रहेको छ ।
१) माटो वा पितलको भाँडोमा आ–आफ्नो गोसाईको घरमा सतुआईनको दिन जुडशितलभन्दा एक दिन अगाडि पानी राख्ने चलन हराउन थालेकोले राख्नुपर्ने ।
२) सो जलले घरको श्रेष्ठबाट जुराउने कार्यको थालनी गर्नुपर्ने ।
३) सानोले आफूभन्दा ठुलालाई खुट्टा ढोग्नुपर्ने ।
आर्थिक पक्ष : यस जुडशितल एवं सतुआईन संस्कृतिले सामाजिक, धार्मिक, सांस्कृतिक पक्षलाई मात्र समेट्नुको साथै आर्थिक र भौगोलिक पक्षलाई पनि महत्व दिएको छ । हाम्रो मुख्य पेशा कृषि हो । हामीले भर्खरै घर भित्रियाएका अन्नहरुको उपयोगिताले मानसिक र शारिरीक रुपमा मजबुत हुनुको साथै आर्थिक क्षय हुनबाट पनि जोगिन्छ ।
बहुत निक लेख अछि । धन्यवाद जय प्रकाश जी।
बहुत बढिँया ।
बहुत बहुत धन्यवाद ।।
सराहनीय लेख ,ऐतिहासिक लेख ,ऐतिहासिक लोकप्रिय पबनी स्मरणीय यादगार ,
बहुत निक ,
बहुत बनिया ,
बहुत बहुत धन्यवाद!????????