विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्लोबलले २ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
क्लबले विराटनगर–८ मधुमारास्थित बधशाला मार्गमा बसोबास गर्दै आएका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकहरुलाई बिहीबार खाद्यान्न वितरण गरेको हो ।
कोरोना भाईरसको सङक्रमण न्युनीकरण गर्र्न जारी गरिएको लकडाउनको समयमा दुईछाक टार्न धौधौ परेकाहरुमा केही राहतको वातावरण सिर्जना गर्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको क्लबले जनाएको छ । क्लबले जनही ३ केजी चामल, आधा लिटर खाने तेल र आधा केजी आलुलगायतका सामागं्री वितरण गरेको क्लबका सेकेण्ड भाईस प्रेसिडेन्ट मोहम्मद नसरुलले बताउनुभयो ।
खाद्यान्न वितरणमा भने क्लबका प्रेसिडेण्ट ईन्द खत्री, समाजसेवी नुर आलम र क्लबका सदस्यहरुले सहजीकरण गर्नुभएको थियो ।