तीन दिनदेखि हराएको बालक मृत भेटिए, हत्या भएको परिवारको आशङ्का

विराटनगर । तीन दिनदेखि हराएको मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैंचा टोलका एक बालकको शव मृत अवस्थामा फेला परेको छ ।

१४ वर्षीय निश्चल रायको शव आज विहान घरदेखि पूर्वपट्टीको सिंघीया खोलामा मृत अवस्थामा फेला परेको हो । नेकपा माओवादी केन्द्रका नेता उपेन्द्र रायको छोरा निश्चल कार्तिक २२ गते करिब ३ बजेदेखि हराएका थिए । तीन दिनदेखि हराएको निश्चलको शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको छ । बालक मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । ‘तीन दिनदेखि हराएको बालकको शव फेला परेको छ,’ उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।’

घटना रहस्यमय रहेको भन्दै मृतकको परिवारले हत्या गरेर छोराको शव फालेको भन्दै घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गरिनुपर्ने माग राखेका छन् । ‘छोराको मृत्यु शंकास्पद रहेको छ,’ मतृकका बावु उपेन्द्रले भने, ‘प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धान गरि घटनामा संलग्नलाई कारवाही गरिनुपर्दछ ।’ छोरा हराएको लखित उजुरी प्रहरी कार्यालयमा समयमै जानकारी गराउँदा पनि प्रहरीले गम्भीर रुपमा खोजी नगर्दा यस्तो घटना भएको मृतक परिवारको भनाइ छ ।

बुधबार, २४ कार्तिक, २०७८, दिउँसोको ०१:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर