नरेन्द्र बस्नेत
कोरोना भाइरस (कोभिडः१९) को महामारीले विश्व भयभित, त्रसित र स्तब्ध छ । कोरोना भाइरसको संव्रmमण फैलिन नदिन विश्वभरि “लकडाउन” गरिएको छ । नेपाल सरकारले पनि कोरोना भाइरस संक्रमणको जोखिमबाट जनतालाई बचाउन गत चैत्र ११ गतेदेखि चैैत्र २५ गते सम्म “लकडाउन” गरेको छ । कोरोनाविरुद्ध लकडाउन प्रभावकारी र सफल भएको छ । सामाजिक, आर्थिक, राजनीतिकलगायत सबै गतिविधि ठप्प छ । मानव समाज र कोरोना भाइरस आमने–सामने भएका छन् । एकातिर मानव समाज र अर्कातिर कोरोना भाइरस बिच तेस्रो विश्वयुद्ध भएको भान भएको छ । सबेै मिलेर कोरोना भाइरस माथि विजय प्राप्त गर्नु छ । मानव सभ्यतालाई अगाडि बढाउनु छ । एकअर्कालाई आरोप नलगाई सबै संयमित र एक भएर संकट मोचन गर्नु पर्छ । संघीय सरकार, ७ प्रदेश सरकार र ७५ंं३ वटै स्थानीय सरकारहरु एक भएर यो महामारीको अन्त्य गर्नुपर्छ । आशा गरौं, यो महामारीलाई हामी चाडंै अन्त्य गर्न सक्षम हुनेछौ र नेपाललाई नया संविधानको मूल्य र मान्यतामा आधारित शान्ति सुशासन, विकास र समृद्धि सुनिश्चित गर्न सक्षम हुनेछौ । सामाजिक न्यायमा आधारित समतामुलक समाज निर्माण गर्न सक्षम हुनेछांै ।
आदिम (ढुङ्गे) युगवाट आजको कम्प्युटर युगमा आईपुग्दा मानवले विभिन्न प्रकृतिका महामारि र रोगव्यादीसँग विजय प्राप्त गर्दै अनावरत रुपमा विकास गरिरहेका छन् । मानिसका आधारभूत आवश्यकता नै समग्र विकासका जननी हुन् । आजसम्म जे जति खोज, अनुसन्धान र विकास भएका छन्, त्यो सबै गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सञ्चार र आत्म सम्मानका लागि भएका छन् । विकासको प्रकृया सबै ठाउँमा एकै नासले भएको छैन । भूगोलको एउटा खण्ड एक समयमा अगाडि बढ्छ । अरुले त्यसको सिको गर्छन्, महिमा गाउँछन् । अर्को समयमा अर्को खण्ड अगाडि बढ्छ । कुब्ला खा“को पालामा चिनको विकास देखेर युरोपियन यात्री मार्कोपोलो आश्चर्यचकित भएका थिए । हिजो आज अमेरिकाको विकास देखेर हामी दंग परेका छौं । अमेरिका चीनको तीब्र आर्थिक विकास देखेर अचम्म परेको छ । कुनैदिन यस्तो पनि आउन कि नेपालको विकास देखेर सारा संसार मोहित र चकित होस् ।
भारतमा राजनैतिक परिवर्तन इ.सं १९४७ मा भयो त्यसैगरि इ.स. १९४९ मा चीनमा राजनैतिक परिवर्तन भयो । इ.स. १९५० मा नेपालमा राजनैतिक परिवर्तन हुँदा भारत र चीनभन्दा हामी आर्थिक रुपमा सम्पन्न थियौं । हाम्रो जनसंख्या सीमित थियो । तराई अन्नको भण्डार थियो । प्रशस्त बनसम्पदा थियो । अपार जल भण्डार थियो । तर, आज ७० वर्षमा चीनले मानवीय श्रोतको परिचालन गरी अर्थतन्त्रमा विश्वको प्रथम स्थान ओगटेको छ । भारत पनि दु्रत गतिमा विकसित हुंदैछ । तर, हामी गरिबतम् मुलुकको श्रेणीमा छौं । निश्चय पनि कुनैपनि मुलुकको विकासको कुरा गर्दा राजनैतिक इच्छा शक्ति र त्यसले स्थापित गर्ने “सिस्टम” मा नै वढि निभैर हुन्छ । विश्वभरिका विकसित देशका सफलताको कथा हेर्दा यहि देखिन्छ ।
हाम्रा छिमेकी देशहरु चीन र भारत पनि ५० को दशकबाट आधुनिक युगमा प्रवेश गरेका हुन् । उनीहरुले विगत २० वर्ष यता अर्थतन्त्रमा व्यापक छलाङ्ग मारेका छन् । अहिले चीन विश्वकै सबैभन्दा ठुलो आर्थिक शक्ति बनिसकेको छ भने भारतको प्रगति पनि उल्लेखनीय छ । भारत र चीन दुबै विशाल क्षेत्र भएका मुलुक हुन् । चीनको जनसंख्या लगभग डेढ अर्ब छ भने भारतको सवा अर्ब पुिगसकेको छ । भारत लामो कालखण्ड सम्म अंग्रेज उपनिवेशी शासन व्यहोरेको मुलुक हो । भारत केही वर्ष पहिलासम्म अनेक अपराध र अराजकताका कारण अस्त व्यस्त भएको मुलुक हो । तर, आज चीन र भारत दुवै मुलुकले व्यापक आर्थिक समृद्धि हासिल गरेका छन् । दुबै राष्ट्रहरुले विकासको मुल फुटाएका छन् । आज विश्वको नजर यी राष्ट्रहरुमा आकर्षित भएको छ । यी राष्ट्रहरुको आर्थिक समृद्धिको कारणले विश्वको शक्ति सन्तुलन नै फेरिने अवस्थामा पुगेको छ ।
शिक्षा विकासको प्रमुख पूर्वाधार हो । गुणस्तरीय, प्राविधिक तथा व्यवसायिक शिक्षाले मात्र नेपालको दिगो विकास सम्भव छ । गुणस्तरीय शिक्षावाट गुणस्तरीय मानवीय श्रोत व्यवस्थापन गर्न सकिन्छ । गुणस्तरीय मानवीय श्रोतबाट मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ । गुणात्मक र उत्पादनशिल शिक्षाले नै राष्ट्रको समृद्धिको ढोका खोल्दछ । अबको राजनीतिले वर्तमान शिक्षा नीति र कार्यक्रममा यथाशिघ्र परिवर्तन गर्नुपर्दछ । नया“ शिक्षा ऐनले राजधानीमा केन्द्रित शिक्षा प्रणालीलाई प्रत्येक जिल्लासँग जोड्नुपर्दछ । जिल्लाको आवश्यकता, साधन श्रोत अनुरुप व्यवसायिक र प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्दछ । विद्यापछिको सर्वोतम् धन स्वास्थ्य नै हो । शारिरीक रुपमा स्वस्थ र बलिया नागरिक राष्ट्रिय समृद्धिका आवश्यक पुर्व शर्तहरु हुन् । स्वस्थ मानवीय श्रोत साधनबाट मात्र विकसित नेपालको परिकल्पना गर्न सकिन्छ । त्यसैले अबको राजनीतिले सुविधा सम्पन्न श्रोतका अतिरिक्त दुर्गम क्षेत्रमा पनि डाक्टर र औषधिको उपलव्धता गराई स्वस्थ नागरिक तयार पार्नुपर्दछ ।
यातायात विकासको महत्वपूर्ण पुर्वाधार हो । यातायातको पहुँचविना विकासको परिकल्पना गर्न सकिदैन । आधुनिक युगमा सडक आर्थिक गतिविधिमा जोडिएको हुन्छ । पर्यटन, कृषि, उद्योग आदिको परिकल्पना यातायातको विकासविना सम्भव छैन । त्यसैले अबको राजनीतिले यातायातलाई चुस्त, व्यस्त, द्रुत, आरामदायी र सुविधायुक्त बनाउनु पर्दछ । सडक, पुल, केबुलकार, जलमार्ग, रोपवे, रेलवे, विमान स्थल आदिको विकास गर्नुपर्दछ । यातायातका साधन नपुगेको क्षेत्रलाई यथाशिघ्र यातायातको साधन संग जोड्नु पर्दछ । आजको युग सञ्चारको युग हो । टेलिफोन, मोबाइल, फ्याक्स, इमेल इन्टरनेट, वेबसाइड, फेसबुक आदिले संसारलाई एउटै गाउँमा परिणत गरि दिएको छ । नेपालमा सञ्चार क्षेत्रमा तुलनात्मक हिसाबले राम्रै विकास हुंदैछ । सूचना प्रविधिको क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता हामीकहाँ तयार भइरहेको छ । सूचना प्रविधिकै माध्यमवाट धनी भएका मुलुक र व्यक्तिको संख्या वर्षैपिच्छे थपिन थालेको छ । विश्वकै सर्वाधिक धनि व्यक्ति विल गेट्स यसै क्षेत्रका व्यवसायी हुन । यीसहित १२३ अरबपति फोब्र्स पत्रिकाको सुचिमा सूचना प्रविधि क्षेत्रवाट आएका छन् । त्यसैले अबको राजनीतिले सूचना प्रविधिको व्यापक विस्तार गरी राष्ट्रमा समृद्धिको ढोका खोल्नु पर्दछ ।
उर्जा शक्ति र विकास एक अर्काका पर्याय हुन् । जल भण्डार सम्पदा सन्दर्भमा ब्राजिलपछि हामी विश्वमा दोश्रो स्थानमा छौं । तर, अफसोच हामी शुद्ध पानी पिउन पाइरहेका छैनौं । ३० वर्ष बितिसक्दा पनि मेलम्चीको पानी काठमाण्डौं उपत्यकाबासीले पाउन सकेका छैनन् । अबको नेपालको राजनीतिले विद्युत उत्पादनद्वारा नेपालललाई स्वीटजरल्याण्ड बनाउने सपना विपनामा परिणत गर्नुपर्दछ । अबको नेपालको राजनीतिले उत्पादित वस्तुको लागि बजार व्यवस्थान गर्नुपर्दछ । हामीसँग भएको जडीबुटिलाई प्रशोधित गरेर विश्व बजारमा बिक्री वितरण गर्न सक्नुपर्दछ । भारत र चीनसँग बजार व्यवस्थापनका लागि आपसी समझदारीको आधारमा नयाँ नीतिको अनुसरण गर्नुपर्दछ ।
आजको युग पूँजीवादी युग हो । अर्थको अभावमा विकास सम्भव छैन । आज हाम्रा नेपाली दाजुभाईहरुले विदेशमा गएर प्रशस्त धन आर्जन गरेका छन् । उनीहरुको पूँजीमार्फत नेपालमा उद्योगधन्दाको विकास गर्न सक्नुपर्दछ । नेपाली कानूनमा रहेका व्यवधानलाई परिमार्जन गरेर विदेशमा रहेका गैरआवासीय नेपालीहरुको पूँजीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्दछ । अबको राजनीतिले त्यस पूँजीको सदुपयोग गरेर विद्युत उत्पादन, सडक, यातायात, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा लगानी गर्दै विकासको बाटोमा अग्रसर हुनुपर्दछ ।
विकास र राजनीति परस्पर जोडिएका विषयहरु हुन् । विकासले राजनीतिलाई र राजनीतिले विकासलाई असर पारेकै हुन्छ । हामीले विकाससँग मेल खाने व्यवहारिक मध्यमार्गी रचनात्मक राजनीतिको अभ्यास गर्दै नेपाललाई विकसित गर्नुपर्दछ । अब प्रमुख राजनीतिक दलहरुले राष्ट्रको आर्थिक विकासका लागि साझा आर्थिक मुद्दा तयार गर्नुपर्दछ । आर्थिक समृद्धिका लागि सम्पूर्ण राजनीतिक दलहरु एक भएर अगाडि बढ्नुपर्दछ । राजनीतिक दलहरले आर्थिक समृद्धिको बहस र छलफल कार्यकर्ता तहसम्म पु¥याउनु पर्दछ । कार्यकर्ताहरुलाई विकासमुखी राजनीतिको बारेमा प्रशिक्षित गर्नुपर्दछ । कार्यकर्ताहरुलाई विकासमुखी बनाउनु पर्दछ । विकासका नीति तथा रणनीतिहरु स्पष्ट रुपमा निर्माण गर्नुपर्दछ । ठूला पुर्वाधार निर्माणको वातावरण बनाउनुपर्दछ । आर्थिक कुटनीतिको प्रभावकारी रुपमा सञ्चालन तथा कार्यान्वयन गर्नुपर्दछ । हाम्रा दुई छिमेकी मुलुक र त्यहाँका उद्योगीहरुले नेपालमा गर्न चाहेको ठुलो लगानीलाई स्वागत गर्न सक्नुपर्दछ । चीन र भारतको विकासमुखी राजनीतिलाई हामीले पछ्याउन सक्नुपर्दछ । विराटनगर ।