ब्यबस्थाका धमिरा हुन्

मुहान साङ्लो बनाउनेहरु नै,
धमिलो बनाउने दृष्टिकोण बोक्न थालेपछी,
शु-शासन कायम गर्ने,जिम्मेवारी लिएका हरु नै,
भ्रष्टाचार गर्न,मरिहत्ते गरेर लागेपछी,
अब त यिनिहरुको खबरदारी गरौ,
यिनिहरु ब्यबस्थाका धमिरा हुन,

अपराध नियन्त्रण गर्नेहरु नै,
अपराधमा संलग्न भएपछि,
न्याय सम्पादन गर्नेहरु नै,
अन्यायको बहश र पौरबी गर्न थालेपछी,
लौन उल्टो चरित्रको खबरदारी गरौ,
यिनिहरु ब्यबस्थाका धमिरा हुन,

संविधान लेख्नेहरु नै,
संबिधानको बर्खिलापमा उत्रेपछी,
शासन ब्यबस्था पक्षधरहरुले नै,
शासन ब्यबस्था,बिरोधि हर्कत गर्न थालेपछी,
ब्यबस्था बिरोधि चरित्रको भण्डाफोर गरौ,
यिनिहरु ब्यबस्थाका धमिरा हुन,

सुचना सम्प्रेषण गर्नेहरु नै,
सुचनाको मोलमोलाइ गर्न थालेपछी,
जनतालाई अधिकार दिलाउनेहरु नै,
सबै कर्तव्यमा दलाल चरित्र प्रर्दशन गरेपछि,
यस्ता दलालहरुको भण्डाफोर गरौ,
यिनिहरु ब्यबस्थाका धमिरा हुन,

राजनैतिक नेतृत्व गर्ने अगुवाहरुले नै,
राष्ट्रघातमा,राष्ट्रवाद देख्न थालेपछी,
सच्याउने कर्तव्य भएका बुद्धिजीवीहरुले नै,
आँखा चिम्लिएर, पक्षपोषण गर्न थालेपछि,
यस्तो नक्कली चरित्रको भण्डाफोर गरौ,
यिनिहरु ब्यबस्थाका धमिरा हुन,

सोमबार, ३० असार, २०८२, बिहानको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर