विराटनगर । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस दिनखोज्ने एक जना पक्राउ परेका छन् ।
जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ ।
डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए । झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएका थिए ।
खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि यो के हो ? भनेर सोध्दा नभनेको पौडेलको भनाइ छ । झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको स्वीकारेका छन् ।
घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचारजन्य कसुरमा सजाय गराईपाउँ भनि अख्तियारमा निवेदन दिनुभएको थियो । घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घटनामा संलग्नलाई अीख्तयमार बुझाउन निर्देशन दिनुभएको थियो ।
अख्तियारको इटहरीस्थित कार्यालयले झालाई प्रक्राउ गरि अनुसन्धानको लागि लगेको छ । झाले घुस दिएको भिडियोसहित अख्तियारले लगेको छ ।