विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईं–मधेश जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन् ।
अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले झापाबाट शुरू गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा हुँदै महोत्तरीसम्म आउँदा लाखौं जनतामा उत्साह सिर्जना गरेको र कन्चनपुरसम्म पुग्दा दशौं लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत गरेको बताए ।
उनले पार्टीको अभियानले तराई(मधेशमा सिर्जना गरेको जनलहरले अन्य राजनीतिक दलमा आतंक सिर्जना शुरू भएको बताए । आफूलाई ठूला भन्ने दल र आफूलाई मधेशी समुदायको मसिहा ठान्ने दलहरू माओवादीको यो अभियानबाट आत्तिएको उनले बताए ।