नेविसंघ मोरङको आधिकारिक सभापति सरोज पोखरेल

विराटनगर । नेपाली काँग्रेस निकट रहेको विद्यार्थी संगठन नेवि संघ मोरङको आधिकारिक जिल्ला सभापति सरोज पोखरेल रहेको कांग्रेस मोरङले जनाएको छ ।

पार्टीले मंगलबार विज्ञाप्ती जारी गर्दै नेविसंघको आधिकिार जिल्ला सभापति पोखरेल भएको जानकारी गराएको हो । जिल्ला सभापति पोखरेल काँग्रेस नेता डा. शेखर कोइराला समूहका हुन् भने संस्थापन पक्षीय १२ जना केन्द्रीय सदस्यले मोहम्मद तनविरलाई जिल्ला सभापति बनाएको भन्दै विज्ञप्ति सार्वजनिक भएको थियो ।

मोरङमा नेविसंघ समान्तर कमिटि गठन भएको हल्ला चलेपछि काँग्रेस पार्टीले आधिकारिक धारणा सार्वजानिक गरेको हो । ‘फागुन १६ गते नेपाली कांगेस मोरङगको पार्टी कार्यालयमा आई नेवि संघका केही केन्द्रिय सदस्यहरुको नाममा ने.वि.संघका मोरंगको जिल्ला कार्यसमिति समानान्तर बनाएको सुचना प्रकाशित भएको खबरले नेपाली कांगेस मोरगको गम्भिर ध्यानार्षण भएको छ । मोरंग जिल्लामा नेवि संघको अधिकारिक जिल्ला समिति हुदाँ हुँदै यसरी समानान्तर समिति अवैधानिक तवरले बनाउने दुसप्रयासले पक्कै पनि ने.बि.संघको ऐतिहासिक छविलाई धुमिल पार्दै तमाम नेवि संघमा आवद्ध विद्यार्थीहरुको भावना माथि कुठाराघात भएको महशुष नेपाली कांगेस मोरंगले ठहर गरेको छ । यस्ता खाले गतिविधिले स्ववियू निर्वाचनमा ने वि संघलाई गम्भिर आधत पुग्ने हुँनाले ने.वि. संघ मोरङको आधिकारिक जिल्ला सभापति सरोज पोखरेल भएको सबैमा अनुरोध गर्दछु,’ कार्यभवहाक सभापति भक्तिनाथ माझीले जारी गरेको विज्ञाप्तीमा उल्लेखछ ।

मङ्गलबार, २० फागुन, २०८१, रातीको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर