विराटनगर । मंगलबार नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक/एक जना कपिलवुस्तका ४ जना र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक/एक जनामा संक्रमण देखिएको छ ।
मोरङका संक्रमित भनिएका व्यक्ति सुनसरीमा कार्यरत सशस्त्र प्रहरी हुन् । उनको मोरङ्गको पथरिशनिश्चरे नगरपालिका १० जिरिखिम्ती घर भएको बताइएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।
मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा १७६ जना छन् । त्यसपछि प्रदेश २ मा १३६, प्रदेश १ मा ५४, बाग्मतीमा २७, गण्डकीमा ४ कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।
प्रदेश १ मा उदयपुरका ३३, झापाका १२, मोरङ ४, सुनसरीका २, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएका १८ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् ।