प्रेम घिमिरे र रचना रिमालको स्वरमा टुनामुना सार्वजनिक (भिडियो)

विराटनगर । गायक तथा संगीतकार प्रेम घिमिरे र रचना रिमालको स्वरमा ‘टुनामुना’ बोलको गीतत सार्वजनिक भएको छ ।

गीतको संगीतकार शंखर थापा (स्माईल) रहेका छन् भने यस गीतमा डि.पि. खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा भने जुना विश्वकर्मा, सम्राट अधिकारी र गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ । भिडियो सम्पादन दिन्सन शाहको रहेको छ । यस गीतको डाईरेक्टर अनि कोरियोग्राफर केशब राज भट्ट हुन्।

गीतको एजुकेसनल पाट्नरको रुपमा एभरेष्ट ईन्टरनेस्नल स्कुल जापान रहेको छ भने सपोर्टरको रुपमा जापानको कावासाकीमा रहेको दुनाटपरी र लाल्टिन नेपाली रेस्टुरेन्ट रहेका छन् । छानो इन्टरटेनमेन्ट युटुब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको छ । गीत र भिडियोमा मेहनत गरेको कारण दर्शक, स्रोताले माया दिने गायक घिमिरेले विश्वास व्यक्त गरे । उक्त गीत मोरङको सुन्दरहरैंचा आशपासमा छायाङ्कन गरिएको छ ।

ललितकला क्याम्पसबाट संगीत विषयमा मास्टर गरेका प्रेम घिमिरेको आफ्नै स्वर तथा संगीतमा दर्जनौं गीत सार्वजनिक भइसकेको छ । उनको संगीतमा धेरै गायक गायिकाले स्वर भरिसकेका छन् । विगत १५ महिनादेखि जापानमा रहेका घिमिरे जापानमा रहेको नेपाली स्कुल (एभरेस्ट इन्टरनेस्नल स्कुल जापान) को संगीत विषयको शिक्षक पनि हुन् ।

शुक्रबार, १६ फागुन, २०८१, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर