औषधि व्यवसायीको शंकास्पद मृत्यु, श्रीमति प्रहरीको नियन्त्रणमा

विराटनगर । विराटनगरमा एक औषधि व्यावसायीको शंकास्पद मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धानको लागि उनकै श्रीमतिलाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान मृत भेटिएका दुलालको शरिरमा निलडाम देखिएको र घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

सुनसरीको इटहरी घर भएका उनी विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । देवी माँ पाथीभरा फर्मा चलाउँदै आएका उनी सुतेकै अवस्थामा बेहोस अवस्थामा भेटिएको भन्दै श्रीमती र अन्य साथीले बिहान ३ बजे कोशी अस्पताल पुर्‍याएका थिए ।

दुलालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएको प्रहरीले बताएको छ । शरीरको अन्य भागमा पनि चोट जस्त डामहरू देखिएको प्रहरीले बताएको छ ।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानको लागि उनकै श्रीमती मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको छ । उनीमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे विराटनगरकै दुई औषधि व्ययवसायीमाथि पनि सोधपुछ गरेको छ ।

आइतबार, ०४ जेठ, २०७७, साँझको ०६:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर