विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण विश्वरभ शनिबार साँझसम्म ९६ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलनगरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ।
अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ। एनआरएनएका अनुसार संयुक्त अरब इमिरेट्स्ट मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
समितिका संयोजक डा।संजिव सापकोटाका अनुसार मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन्। सो साता ज्यान गुमाउनेहरुको संख्यामा युके १२, युएई ३, साउदी अरब २ र नेपाल १ रहेको स्वास्थ्य समितिले जनाएको छ।
सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाटसंक्रमित भएका छन्। तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ। अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन्।
संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्तभएको अनुमान समितिले गरेको छ। ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन्।
कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३ र क्यानाडा १३ नेपाली संक्रमित छन् । यस्तै अष्टे«लिया १२, जापान १०, माल्दिभ्स१०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ रफ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ।