थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४९

विराटनगर । बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं, धादिङ र धनुषामा १/१ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका काठमाडौं दहचोकका ७ वर्षीय बालक, धादिङका ३० वर्षीय महिला र जनकपुरका १७ वर्षीय महिला छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । उनीहरुमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बिहिबार, ०१ जेठ, २०७७, रातीको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर