विर्तामोड । झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई काठमाडौं जाने सवारी पास दिन गृह मन्त्रालयले अस्वीकार गरेको छ ।
झापाको दमकस्थित चियाबगानमा बसिरहेका पूर्वराजाले काठमाडौं जानको लागि पास उपलब्ध गराईदिन बिहीबार निवेदन दिएको भएपनि गृह मन्त्रालयले अस्वीकृत गरेको झापा प्रशासनले जनाएको छ ।
झापा प्रशासनले पास जारी गरेको भएपनि गृह मन्त्रालयले अन्तरजिल्ला पास खारेज गरेकोले उनले जान पाएनन् । जिल्लाबाट पास जारी गरेर गृहमा पठाएको भएपनि प्रक्रिया नपुगेको भन्दै गृहले खारेज गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले बिहीबारबाट लागू हुनेगरी अन्तरजिल्ला पास रद्द गरेकोले पास जारी गर्न प्रशासन कार्यालयले गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था छ। पूर्वराजा शाहले पास प्राप्त गर्नुपर्ने कारणमा काठमाडौं जाने भन्ने मात्रै उल्लेख गरेकोले अस्वीकृत भएको हो ।
गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई नदिएको हो । मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गृहको पछिल्लो निर्णय छ ।
लकडाउन अगाडि नै झापा अएको पूर्वराजाको दम्पत्ती दमक ताराबारी स्थित चियाबगानमा रहेको आफ्नै निवासमा रहेको छ ।
अचम्म भयो जे भयता पनि देश का राजा पो हो त तेसो भय नेता मन्त्री लाई पनि यो नियम लागू होस्