पीसीआर परीक्षणको दायरा बढाउन आदेश

काठमाडौ । सर्वोच्च अदालतले कोरोना संक्रमण भए नभएको यकिन गर्ने पोलिमर चेन रियाक्सन (पीसीआर) परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । अधिवक्ताहरु कमलबहादुर खत्री र वीरेन्द्रकुमार खत्रीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पीसीआर परीक्षणका सामग्री अभाव नहुन आवश्यक पहल गर्न भनेको छ । आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सर्बोच्चले आदेश दिएको छ ।

कोभिड १९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरेपनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

बिहिबार, ०१ जेठ, २०७७, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर