पर्साका चार पत्रकारमा कोरोना

विराटनगर । कोरोना महामारीको बेला फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरु पनि पर्सामा संक्रमित भएका छन् ।

मंगलबार कोरोना पोजिटिभ देखिएका ३९ जनामध्ये चार जना पत्रकार रहेका छन् । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।

नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले कति पत्रकार संक्रमित भए भन्ने अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मंगलबार कोरोना पोजिटिभ देखिएकामध्ये १४ जना ग्रामीण क्षेत्रका छन् भने १४ जना वीरगन्जका छन्।

पर्सामा यसअघि २५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । मंगलबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एउटै जिल्लामा सबैभन्दा बढी ६४ जना संक्रमित भएका छन् । देशभरमा संक्रमितको संख्या १९१ पुगेको छ ।

मङ्गलबार, ३० बैशाख, २०७७, साँझको ०५:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर