विराटनगर । नेपालमा माघ ९ गते चीनबाट आएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएयता मंगलबारसम्म १ सय ९१ जना संक्रमित फेला परेका छन् ।
सुरुवाती दिनमा संक्रमितहरु फाटफुट रुपमा देखिएकोमा सरकारले परीक्षणको दायरा विस्तार गरेसँगै संक्रमितहरु पनि थपिएका हुन् ।
पहिलो संक्रमित भेटिएको दुई महिनापछि चैत ९ गते फ्रान्सबाट आएकी युवतीमा संक्रमण देखिएको थियो । चैत महिनाभरमा जम्मा १२ जनामा संक्रमण देखिएको थियो । वैशाख महिना लागेपछि संक्रमित फेला पर्ने क्रम बढेर १ सय ९१ पुगेको हो । वैशाख महिनामा मात्र १७७ जना संक्रमित फेला परेका छन् ।
अहिलेसम्म सबैभन्दा बढि प्रदेश २ मा संक्रमित देखिएका छन् । सो प्रदेशमा संक्रमितको संख्या ७३ पुगेको छ । त्यसपछि प्रदेश प्रदेश ५ मा ७० र प्रदेश १ मा ३५ संक्रमित भेटिएका छन् । बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
हालसम्म नेपालमा संक्रमितमध्ये १५८ पुरुष र ३३ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन् । नेपालमा अहिलेसम्म देखिएका संक्रमित एकाध बाहेक कुनै लक्षण नदेखिएका छन् ।
विरामी भएर अस्पताल गएकाहरु नभई क्वारेन्टाइनमा राखिएका वा घरैमा रहेकाहरुको परीक्षण गर्दा संक्रमित भेटिएपछि अस्पताल भर्ना गरिएको छ । निको भएका अधिकांश संक्रमितहरुले कुनै पनि औषधि सेवन नगरी कोरोनामुक्त भएका छन् ।
को कहिले संक्रमित भए ?
माघ ९ गते पहिलो संक्रमित
चीनबाट फर्केका युवक । माघमै टेकु अस्पतालबाट डिस्चार्ज ।
चैत ९ गते १ जना
फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरी । वैशाख ६ गते संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज ।
चैत १२ गते १ जना
युएईबाट फर्किएका ३२ वर्षीय युवक । वैशाख १० गते टेकु अस्पतालबाट डिस्चार्ज ।
चैत १४ गते १ जना
युएईबाट फर्किएका कैलालीका ३४ वर्षीय युवक । वैशाख १० गते सेती अस्पतालबाट डिस्चार्ज ।
चैत १५ गते १ जना
बेल्जियमबाट फर्किएकी बाग्लुङकी १९ वर्षीया अंशु सापकोटा । वैशाख १२ गते धौलागिरी अस्पतालबाट डिस्चार्ज ।
चैत २० गते १ जना
फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिला । वैशाख ६ गते धौलागिरी अस्पतालबाट डिस्चार्ज ।
चैत २२ गते ३ जना
भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीमा चैत १४ गते संक्रमित भेटिएका युवकको आफन्त कैलालीकी ३४ वर्षीया महिला । उनीहरु सबै सेती अस्पतालबाट डिस्चार्ज ।
चैत २९ गते ३ जना
वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय, ५५ वर्षीय र ४४ वर्षीय भारतीय । उनीहरु नारायणी अस्पतालबाट डिस्चार्ज ।
वैशाख १ गते २ जना
रौतहटका १९ वर्षीय युवक । नारायणी अस्पतालबाट डिस्चार्ज । कैलालीकी ६५ वर्षीया महिला सेती अस्पतालबाट डिस्चार्ज ।
वैशाख २ गते २ जना
काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बस्ने ५८ वर्षीय पुरुष र उनकी आमा ८१ वर्षीया महिला । उनीहरु पाटन अस्पतालबाट डिस्चार्ज ।
वैशाख ५ गते १४ जना
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १२ जना संक्रमित । ११ भारतीय र एक नेपाली । उनीहरुमध्ये भेटिएका ३४ वर्षीय, २९ वर्षीय २६ वर्षीय २८ वर्षीय, २८ वर्षीय, २८ वर्षीय, २८ वर्षीय, २२ वर्षीय भारतीय पुरुष । विराटनगर स्थित कोशी अस्पतालबाट डिस्चार्ज ।
उता चितवनको राप्ती नगरपालिकामा हङकङ हुँदै बेलायतबाट फर्किएका २७ वर्षीय पुरुष र उनकी ६३ वर्षीय आमा । भरतपुर अस्पतालबाट डिस्चार्ज
वैशाख ६ गते १ जना
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका विराटनगरका ६५ वर्षीय वृद्ध ।
वैशाख ९ गते ११ जना
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका स्थानीय ११ जना संक्रमित ।
वैशाख १० गते ४ जना
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका एक जना र मस्जिदमै रहेकाहरुसहित चार जना ।
वैशाख ११ गते २ जना
जनकपुरका १४ वर्षीय बालक । भोजपुरको हतुवागढीका युवा ।
वैशाख १२ गते १ जना
झापाको दमक घर भएका ६२ वर्षीय पुरुष ।
वैशाख १४ गते ३ जना
बीरगञ्जका ५० वर्षीय २ पुरुष र झापाका ५० वर्षीय पुरुष ।
वैशाख १६ गते २ जना
उपचारपछि घर फर्किएका रौतहटका २४ वर्षीय युवक पुनः संक्रमित । रौतहटकै ३५ वर्षीय युवक ।
वैशाख १७ गते ३ जना
छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ भारतीय नागरिकसँगै नेपाल फर्किएका पर्साका ४६ वर्षीय पुरुष र बाराका ३१ वर्षीय र ४३ वर्षीय पुरुष ।
वैशाख १९ गते ३ जना
रुपन्देहीका २ पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष ।
वैशाख २१ गते १४ जना
पर्साका ३६ वर्षीय पुरुष । नेपालगञ्जकी ७ वर्षीया बालिका, ७ पुरुष र ५ महिला ।
वैशाख २३ गते ७ जना
नेपालगञ्ज ८ का ३ पुरुष, एक बालिका, ३ महिला ।
वैशाख २४ गते १७ जना
नेपालगञ्जको २ महिनाको शिशु । ९ महिला, ७ पुरुष ।
वैशाख २५ गते २ जना
कपिलवस्तुका २ युवा ।
वैशाख २६ गते १ जना
नेपालगञ्जका युवक ।
वैशाख २७ गते ७ जना
उदयपुरको भुल्केका ३ महिला ।कपिलवस्तुका ३ पुरुष, पर्साका एक पुरुष ।
वैशाख २८ गते १ जना
उदयपुरको भुल्केकी ४३ वर्षीया महिला ।
वैशाख २९ गते २४ जना
कपिलवस्तुका १६ जना, सप्तरीका १ जना, रुपन्देहीका ६ जना र बर्दियाका १ जना
वैशाख ३० गते ५७ जना
पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक