कोशी अस्पतालमा मनपरी, पुराना डाक्टर पन्छाएर दबाबमा नयाँ नियुक्ति

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा विकास समितिले चार वर्ष काम गरेका चिकित्सकलाई छोडेर नेपाली काँग्रेसका नेताको दबाबमा चिकित्सक नियुक्त गरेको पाइएको छ ।

विनाप्रतिस्पर्धा अस्पताल विकास समितिले ९ जना चिकित्सक नियुक्त गर्दा पुरानैलाई नियुक्त गरेको दावी अस्पताल विकास समितिले गरेकोमा त्यो झुटो देखिएको छ ।

अस्पताल प्रशासन र विकास समितिले चार वर्षदेखि कोशीमा सेवा दिँदै आएका मानसिक रोग विशेषज्ञ डा.प्रभात चालिसेलाई पाखा लगाएर नयाँ विशेषज्ञ चिकित्सक नियुक्ति गरेको पाइएको हो । भदौ २ गते अस्पताल विकास समितिले करारमा मनोचिकित्सक डा.सविता खड्कालाई नियुक्ति गरेको छ । उनलाई नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको दबाबमा उनलाई नियुक्त गरिएको स्रोतले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष फरवार्ड नेपाली काँग्रेस निकट हुन् । उनी मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री हुँदा अस्पताल विकास समितिको अध्यक्ष भएका थिए ।

अस्पतालका मेसु डा.रविराज सिंह र अध्यक्ष फरवर्ड सिलवालले नयाँ नियुक्त नगरेको दाबी गरेपनि डा.विशका गुरुङ र डा.सबिता खड्का नयाँ हुन् । नेपाल सरकारको रिक्त दरबन्दीमा विगत चार वर्षदेखि कोशीमा कार्यर डा.चालिसे स्वास्थ्य मन्त्रालयले स्थायी चिकित्सक पठाएपछि अस्पतालबाट बाहिरिन बाध्य भएका थिए ।

चार वर्षदेखि अस्पतालमा सेवा गरेको कारण अन्य पुरानो चिकित्कसलाई राख्दा उनलाई पनि अस्पताल विकास समितिले नियुक्त गर्ने तयारी गरेका थिए । तर, उनको ठाउँमा अस्पताल विकास समितिबाट निर्णाय गरेर डा.सवितालाई नियुक्त गरियो ।

नेपाल सरकारकै करार दरबन्दीमा कार्यरत रहेका चिकित्कसलाई विकास समितिमा ल्याएर नियुक्त गरिएको छ । तर, चालिसेले भने नियुक्ति पाएनन् ।

‘कोशी अस्पतालमा चार वर्षदेखि सेवा गर्दै आएको थिएँ, अरु पुरानोलाई नियुक्ति गर्दा मलाई पनि विकास समितिले करारमा राख्छ होला भन्ने थियोु डा. चालिसेले भने, ‘तर, अस्पताल विकास समितिले नराखेपछि अहिले आफ्नै क्लिनकमा विरामी हेर्दैछु ।’

भदौ २ गते अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अफिसर नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल, कन्सल्टेण्ड डर्माटोलोजिष्ट डा.ज्योती कार्की, पेटरोग विशेषज्ञ डा.रोहित यादव, एनएसथेसियाहरु डा.प्रविन झा र डा.राजन राई छन् । यसैगरी मेडिकल अपिसरहरुमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा.मनोज मनिष साह र आइसियूको लागि डा.विशका गुरुङलाई नियुक्त गरिएको छ ।

उनीहरुलाई सुरूमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, उनीहरुको करार थप गर्ने आन्तरिक सहमति रहेको स्रोतले जनाएको छ । अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करारमा ९ तहमा कार्यरत चिकित्सकलाई तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ ।

डा.रौनक, डा.ज्योति र डा.रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९ औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा सरकारले अर्को स्थायी चिकित्सक पठाउँदा जागिर जाने भएपछि उनीहरुलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरिएको हो ।

अस्पताल विकास समितिबाट एक पटक नियुक्त भएका चिकित्सकलाई हटाउन नसकिने भएकोले कारणले उनीहरुले पहुँचको भरमा विनाप्रतिस्पर्धा नियुक्ति पाएका हुन् । विनाप्रतिस्पर्धा चिकित्सक नियुक्ति गर्दा अस्पतालका कर्मचारी र अन्य चिकित्सकले भने लेनदेन गरेको आरोप लगाएका छन् ।

कोशी अस्पतालमा बेथिति : विनाप्रतिस्पर्धा नौ चिकित्सक नियुक्त

मङ्गलबार, ११ भदौ, २०८१, बिहानको १०:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर