प्रदेश १ को कोरोना अस्पताल ‘रिसर्च सेन्टर’

 जीवन घिमिरे, मन्त्री, सामाजिक विकास, प्रदेश १

प्रदेश १ को राजधानी विराटनगरको कोरोना अस्पतालमा उपचाररत ३५ जना मध्ये १६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । प्रदेशमा १० दिनमै कोरोना अस्पताल निर्माण हुनु, कोरोना संक्रमितको उपचार तथा अन्य व्यवस्थापनमा चुस्तु देखिनु प्रदेश सरकारको सफलताको विषयको रुपमा धेरैले बुझेका छन् । यसका साथै प्रदेश १ को उदयपुर भुल्के नेपालकै कोरोनाको सेन्टर बन्न पुग्यो । उदयपुर भुल्के क्षेत्रलाई सरकारले अहिले कसरी निगरानी गरिरहेको छ ? परीक्षणको दायरा कहिले बढ्छ र भारतमा लकडाउन खुकुलो भएसँगै प्रदेशमा पर्नसक्ने असर के होला ? प्रस्तुत छ यीनै विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंश ।

कोरोना नियन्त्रणको पहल, प्रयास र व्यवस्थापनमा प्रदेश १ सफल भएको जस्तो सन्देश गएको छ । यो कसरी सम्भव भयो ?

– पहिलो कुरा त यो कोरोना हामी सबैको लागि नयाँ रहेछ । सुरुमा त मैले पनि डाक्टरहरुले कोरोना भनेको सबैले बुझ्छन् होला भन्ने लाग्थ्यो । तर, त्यो सबैको विषय पनि होइन रहेछ । स्वास्थ्यकर्मीमध्ये पनि त्यसको विज्ञहरुले मात्रै बुझ्ने विषय रहेछ । सुरुमा जब हामीले अस्पताल बनाउने कुरा ग¥यो मानिसले धेरैले पत्याएनन् । तर, हामीले १० दिनमा अस्पाताल बनायौं । त्यसपछि धेरैले स्वास्थ्यकर्मी को आउँछ, काहाँबाट डाक्टरहरु ल्याउँछ, काम गर्ने मानिसहरु काहाँबाट ल्याउँछ भनेर धेरैले प्रश्न पनि उठाए, यहाँसम्मकी स्वास्थ्यकर्मीले पनि त्यो भने । साँच्चै जोखिमयुक्त कुरा नै थियो । पहिले त उपचार गर्न को जाने भन्ने विषयमा पनि त्रास थियो । तर, पहिलो लटको स्वास्थ्यकर्मीहरुले यो जिम्मेवारी हामी निर्वाह गर्छौ, कोरोनासँग हामी लड्छौं भनेर पहिलो टिम डाक्टर डेन आचार्यको नेतृत्वमा २४ जनाको टिम अग्रपंक्तिमा बसेर कोरोनासँग भिडन्तमा गयो । त्यसपछि भने सबैलाई सहज हुँदै गयो । त्यसपछि अर्को पंक्ति एकदम आशानीसँग आयो, अर्को आयो । अहिले त स्वास्थ्यकर्मीहरु रिसर्च सेन्टरको रुपमा लिइरहनु भएको छ । म पनि जान पाए हुन्थ्यो, काम गर्न पाए हुन्थ्यो भन्ने खालको आकांक्षा स्वास्थ्यकर्मीमा देखिन्छ । अहिले हामीले गरिरहेको कामको अध्ययन गर्नका लागि डब्लुएचओबाट पनि बारबार मानिसहरु आउने, हामीले गरेको काम र मोडालिटीको बारेमा जानकारी सूचना लिने काम भइरहेको छ । संघीय सरकारको पनि चासोको विषय भएर बेलाबखत प्रतिनिधिहरु आएर सूचना जानकारी लिने काम भएको छ । अन्य प्रदेशबाट पनि आउनु भएको छ । त्यसैले यो आफैंमा एउटा रिसर्च भइरहेको मैले अनुभूति गरेको छु ।

प्रदेश १ मा कोरोनाको केन्द्र उदयपुर देखिएको छ । उक्त क्षेत्रलाई प्रदेश सरकारले अहिले कुन रुपमा लिएको छ र कोरोना नियन्त्रणको काम कसरी गरिरहेको छ ?

– हामीले मुलतः ‘तीन टी’को माध्यामबाट कोरोनाको पहिचान गर्ने, पुष्ट्याइँ गर्ने र उपचार गर्ने प्रक्रिया अबलम्बन गरेका छौं । त्यसक्रममा सबैभन्दा पहिले टे«सिङको कामलाई प्राथमिकता दिएका छौं । जस्तोः प्रदेशमा प्रकोपको सबैभन्दा धेरै असर उदयपुरको भुल्केमा छ । हाम्रो नजर पनि त्यही केन्द्रीत छ । टेष्टको दायरालाई हामीले बढाउँदै कोरोना संक्रमित खोज्ने क्रममा हामी लागिरहेका छौं । आज पनि हामीले एउटा कन्ट्याक टेसिङको विज्ञ टोली त्यही गएर काम गरिरहेको छ । अस्ति हामीले ४ जना पत्ता लगायौं । त्यो कसरी पत्ता लाग्यो भन्दा पहिले भुल्केलाई पुरै घेराबन्दी गरेर सबै घरलौरी नै टेष्ट सुरु गरेका थियौं । पहिलो टेष्ट भयो । अनि यहाँबाट डिस्चार्ज हुने क्रम सुरु भएपछि वस्तीको पनि १४ दिन पुग्यो । तर, भुल्केको अवस्था चाहिं अहिले फेरि के छ त ? भनेर विज्ञ टोली पठाएर पुनः चेक गर्ने क्रममा थप ४ जनामा देखियो । भुल्के अहिले पनि कडा लकडाउनमा छ । एक हिसावले भन्ने हो त्यहाँ शिलबन्दीको अवस्था छ ।

उदयपुरको भुल्के बाहेक प्रदेश १ का कुन–कुन ठाउँ अलिक संवेदनशीले देखिएका छन् ?

– भुल्केमा आज फेरि थप अध्ययन गर्ने विशेषज्ञको टोली गएको छ । यसको अर्थ हामीले प्रदेशको सबैभन्दा बढी ध्यान उदयपुरको भुल्के त्रियुगा केन्द्रीत अभियान संचालन गरेका छौं । दोस्रोे ध्यान झापामा केन्द्रीत भएको छ । र टेष्ट पनि त्यसै अनुसार केन्द्रीत गरिएको छ । टे«सिङ टिमले टे«स गर्दै जान्छ र त्यही टे«सिङ रुटबाट हामी टेष्टिङ गर्दै जान्छौं र टेष्टिङमा पोजेटिभ देखिएकालाई ट्रिटमेन्ट गर्दै जान्छौं । अहिले मुलभूत रुपमा हामीले उदयपुर, झापा र भोजपुर केन्द्रीत गरेका छौं । प्रदेशका अन्य जिल्लामा पनि सोही अनुसार वाच गरिरहेका छौं ।

भारतमा लकडाउनलाई केही खुकुलो बनाइएको छ । त्यसबाट नेपालमा पर्नसक्ने असर के हुनसक्छ र त्यसलाई अब कसरी व्यवस्थापन गर्नुहुन्छ ?

– अब नयाँ चुनौति आउँदैछ । भारतले भोलिदेखि रेल तथा यातायात मंगलबारबाट सेवा सुचारु हुने सुन्दैछु । यदि त्यसो हो भने त्यसको अत्यन्तै ठूलो प्रेसर हामीलाई पर्छ । मैले यस विषयमा प्रदेशका आन्तरिक मामिला मन्त्रीज्यूसँग पनि छलफल गरेका छु । भोलीदेखिको अबको हाम्रो स्टाटेजी फरक हुनुपर्छ । अहिलेसम्मको स्टाटेजीले अब काम हुँदैन । रेल चालु हुनुभनेको हामी थेग्नै सक्दैनौं । त्यो प्रेसर थेग्न सक्नुपर्छ हामीले । अबको प्रेसर मेनेज गर्र्नुपर्छ । अब बोर्डर केन्द्रीत क्वारेन्टाइन निर्माण गरौं, टेष्टको दायरा पनि बोर्डर केन्द्रीत गरौं भनेर सरसल्लाह भएको छ । अब समयसापेक्ष निर्णय गर्दै कोरोनाको पिछा गर्दै जानुपर्छ भन्नेमा हामी छौं ।

अहिले पनि सरकारले पिसिआर विधिबाट कोरोना टेष्टको दायरा बढाउन नसकेको, ¥यापिड टेष्टको विश्वास नभएको भनेर आलोचना भइरहेको छ नि ?

आरडिटी भनेको मास स्क्रिनिङ गर्ने मात्रै हो । त्यसबाट कोरोनाको अन्तिम परीक्षण हुने होइन । विज्ञहरुले पनि त्यही भनिरहनु भएको छ । एउटा प्राइमरी लेबलको सर्भे गर्ने हिसावले, कोरोना खोज्ने दृष्टकोणबाट मात्रै हामीले आरडिटी गरेका हौं । तर, कोरोनाको तथ्य जाँच भनेको पिसिआर नै हो । त्यसकारण हामीले अहिलेको पिरियडमा हामीले पिसिआर सेवा बढाउने गरि गइरहरेका छौं । प्रदेशमा अहिले ३ वटा ल्याब छ । अर्को झापामा पनि सुरु गर्न सकिन्छ कि भन्ने हिसावले अध्ययन गरिरहेका छौं । पिसिआर टेष्टको लागि चाहिने सामाग्री पनि जुटाइरहेका छौं । अब हामी पिसिआर टेष्टको मात्रालाई एकधक्का बढाउने तयारीमा छौं ।

परिणाममा त अझै पनि पिसिआर टेष्ट बढ्ने अवस्था देखिएन नि ? प्रत्येक जिल्लामा ल्याब राख्ने कुरा पनि गर्नुभएको थियो । जनप्रतिनिधिहरुले पनि पिसिआर मेसिनको माग गरिरहेका छन् नि ?

– हामीले कुनै पनि कुरालाई वस्तुवादी ढंगले बुझ्नु प¥यो । आज स्वास्थ्य सामाग्री विश्वमै अभाव भइरहेको छ । त्यो अभावका बीचमा पनि नेपालमा जे जति गरिरहेका छौं, त्यो अभाव हुन दिएका छैनौं । गर्नुपर्ने जति भएको छैन होला आफ्नो ठाउँमा छ । तर, नगरी नहुने ठाउँमा हामीले छुटाएका छैनौं । यसप्रति पनि हामीले सन्तोष मान्नुपर्छ । अहिलेसम्म हामीले रुटबाट नगरी नहुनेहरुलाई मात्रै टेष्ट गर्ने गरेका छौं । त्यसकारणले थोरै भएको हो जस्तो लाग्न सक्छ । अर्को कुरा यो टेष्ट कस्तो हो, यसका सामाग्री कति महँगो छ, सुलभ छ कि छैन भन्ने कुराको जानकारी र सूचनाको अभाव हुँदा कतिपय जनप्रतिनिधिहरुले मेरो ठाउँमा गरिदिए हुनेथियो, मेरो क्षेत्रमा गरिदिएको भए हुनेथियो भन्ने खालका मागहरु गर्नुहुन्छ । तर, जनप्रतिनिधिको मागको आधारमा भन्दा टेक्निकल टिमको परामर्श अनुसार हामी गइरहेका छौं । त्यसकारणले पनि अलिकति टेष्ट कम भएको हुनसक्छ ।

नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो पटक ह्वात्तै बढेको देखिएको छ । एकैपटक दुईअंकले बढ्न थालेको छ । फेरि संक्रमितमा कुनै लक्षण पनि देखिएको छैन । यसलाई विज्ञहरुले ‘खतरनाक अवस्था’ भनिरहेका छन् । प्रदेश सरकारले यसलाई कसरी लिएको छ ?

– अहिले पनि यो मोबाइलको टोनमा ज्वरो आएमा, रुघा खोकी लागेमा भनेर कोरोनाको लक्षणहरु हामीले प्रचार गरिरहेका छौं । तर, रियलमा हाम्रोमा जति संक्रमितहरु आउनु भएको छ । यो सूचनासँग मिलेको छैन । यो बढ्ता चुनौति भयो । हिंजो हामीले बाटोबाटोमा हेल्थ डेस्क राखेर फिभर टेष्ट गर्दै हिंड्यौं । तर संक्रमितलाई फिभर नै भएको देखिएको छैन । यो पत्ता लगाउने, पहिचान गर्ने कुरामा हामीलाई जटिलता थपिएको छ । विज्ञहरुसँग पनि मैले परामर्श गरिरहेको छु । लक्षण नै देखिँदैन । आउँदा जस्तो थियो, फर्किँदा पनि मानिसहरु उस्तै तरिकाले फर्किएको छ । यसअर्थ कोरोना लाग्ने वित्तिकै सबै सिकिस्त हुने होइन रहेछ भन्ने तथ्य र विज्ञहरुले बताएका छन्, यहाँ पनि त्यस्तै देखिएको छ । अहिले संसारमा कोरोना लागेका ८० प्रतिशत मासिन सामान्य नै हुने गरेका छन् । त्यसमध्ये २० प्रतिशत उपचार गराउनु पर्ने अवस्थाको हुने र २० प्रतिशतमध्येका ५ प्रतिशत सिकिस्त हुने देखिएको छ । त्यसमा पनि २/३ प्रतिशत मात्रै बढी जोखिममा पर्ने रहेछन् । त्यसो भएको हुनाले हामीले संक्रमणको लक्षणहरु मात्रै खोज्ने भन्दा पनि टेष्टको दायारा बढाएरै जानुपर्ने रहेछ ।

सोमबार, २९ बैशाख, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर