थप १३ जनामा कोरोना पुष्टि, सोमबार २४ संक्रमित थपिए, जम्मा संक्रमित १३४

प्रदेश ५ मा ५३, प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण । कर्णाली अहिलेसम्म कोरोनामुक्त प्रदेश

विराटनगर । सोमबार साँझ नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार विहान कपिलवस्तुमा १० जना र सप्तरीमा १ जनामा कोरोना पुष्टि भएको थियो । थप परीक्षणमा कपिललबस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो। योसँगै (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो अपटेडमा संक्रमितको संख्या १३४ पुगेको छ । उनीहरुमध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको पीसीआर प्रविधिबाट परीक्षण बढेको छ । पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।

अहिलेसम्म सबैभन्दा बढि प्रदेश ५ मा संक्रमित देखिएका छन् । सो प्रदेशमा संक्रमितको संख्या ५३ पुगेको छ । त्यसपछि प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

सोमबार, २९ बैशाख, २०७७, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर