विराटमा क्यान्सर सर्भाइभरहरुको भेला

विराटनगर । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा सोमवार पहिलो पटक मोरंग र सुनसरीका क्यान्सर सभाईभरहरुलाई एकै ठाउँ भेला गराएको छ ।

भेलालाई सम्बोधन गर्दै बोल्दै विराट मेडिकल कलेज टिचिंग हस्पिटलका निर्देशक डा. दिप्तेश अर्यालले आगामी दिनमा सपोर्ट गु्रपले क्यान्सरका विरामीहरुलाई कसरी सहयोग गर्न सकिन्छ त्यसका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै हस्पिटलका उपाध्यक्ष डा.निकिता कार्कीले इस्र्टन क्यान्सर सभाइभर सपोर्ट ग्रुप सबैको साझा संस्था भएको बताए । उनले क्यान्सर एउटा घरको मात्र समस्या नभएर सिंगो समाजको समस्या भएकोले आगामी दिनमा यसका लागि योजना बनाएर काम गर्ने जानकारी दिए।

त्यस्तै कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले क्यान्सर भएपछि के कस्ता समस्याहरुको आइलाग्छन र तिनीहरुको सामना गर्ने कसरी भन्ने विषयमा आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै कार्यक्रममा साइको सोसल काउन्सिलर तुलसा कार्कीले क्याान्सरबाट उत्पन्न तनाव व्यवस्थापन कसरी गर्ने भनेर व्यवहारिक रुपमा आफ्नो प्रस्तुती दिए । कार्यक्रममा क्यान्सर सचेतना सम्बन्धी विएस्सी दोस्रो वर्षका विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।

क्यान्सर सर्भाइभरहरुलाई एकै ठाउँ भेला गराएर क्यान्सर विरुद्ध लड्न एकजुट भएर लड्न एवं एकअर्कालाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको क्यान्सर सर्भाइभर एवं कार्यक्रमका संयोजक कमल पौडलले जानकारी दिए ।

सोमबार, २५ असार, २०८१, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर