माओवादीले समाजवादीसहितका दलसँग १८ गते पार्टी एकता गर्ने

माओवादीले समाजवादीसहितका दलसँग १८ गते पार्टी एकता गर्ने

विराटनगर । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरुसँग कात्तिक १८ गते पार्टी एकता गर्ने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई टुंगो लगाउन १७ गते केन्द्रीय समितिको बैठक बस्ने र १८ गते पार्टी एकता गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीसहित महेन्द्रराय यादवको नेपाल समाजवादी पार्टी, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह नेतृत्वको समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीसँग एकता गर्ने भएको छ । पार्टीका प्रवक्ता अग्नि सापकोटाका अनुसार विप्लब नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरण सीको समूहसँग पनि एकता हुनेछ ।

नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सग्लो रुपमा एकतामा ल्याउने प्रयास भइरहेको सापकोटाले बताए । आजको बैठकले अब एकता गर्न ढिला गर्न नहुने बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्