जसपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत

काठमाडौं । जसपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

उनीहरूले समहाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सोमबार, २५ असार, २०८१, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर