दुई संक्रमित थपिए, संक्रमितको संख्या १०१

विराटनगर । बिहीबार कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित पुष्टि भएपछि नेपालमा कोरोनाबाट संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्ति अनुसार संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरुको अवस्था सामान्य छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुग्दा २२ जना उपचारपछि निको भएका छन् ।

बिहिबार, २५ बैशाख, २०७७, रातीको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर