विराटनगर । विराटनगर बजारमा रहेको एक कवाडी गोदाममा आगलागी भएको छ । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।
अहिले विराटनगर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।