सम्झौता अनुसारको काम नपाएपछि दुबईमा ८ नेपाली बन्धक

विर्तामोड । बैदिशिक रोजगारीमा गएका झापा भद्रपुरका अकबर अन्सारीसहित आठ जना युवा मेनपावर कम्पनीको बद्मासीको कारण दुबईमा अलपत्र भएर बन्धक बनेका छन् ।

अन्सारीसहित राजकुमार ताजपुरिया र महेश राजवंशी, मोरङका राहुल शर्मा, रुपन्देहीका अमितकुमार लोहार, नवलपरासीका ईश्वर गुप्ता, नुवाकोटका हिमाल लामा र नुवाकोटकै राजकुमार तामाङ मेनपावर कम्पनीको बद्मासीले बिचल्लीमा परेका हुन् ।

मागेजपत पैसा लिएर फिनिसिङ कारपेन्टरमा सम्झौता गरेर दुबई पठाए पनि भवन निर्माणसम्बन्धी काममा लगाएको झापाका राजकुमार ताजपुरियाले बताएका छन् । मेनपावर कम्पनीको ठगीको कारण अहिले दुबईको एउटा कोठामा बन्दीसरह बसिरहेको उनले बताए । झापाको शिवसताक्षी नगरपालिका–५ का ताजपुरियाले कि सम्झौताअनुसार काममा लगाइदिन कि सकुशल नेपाल फिर्ता गरिदिन माग गरेका छन् ।

सागर मेनपावर कम्पनीले नेपालबाट एकैपटक ६० जनालाई फिनिसिङ कार्पेन्टरमा दुबई पठाएको थियो । नुवाकोटाका हिमाल लामाका अनुसार दुबई जानुअघि नेपालमै फर्निचर बनाउने काम गरिरहेका उनीहरु ६० हजारदेखि २ लाख रुपैयाँँसम्म रकम बुझाएर गएका थिए ।

दुबई पुगेपछि फर्निचरसम्बन्धी कुनै काम नदिएको र भवन निर्माणसम्बन्धी काम लगाएको पीडितहरुले बताएका छन् । बेल्चा हान्दा अलिकति पनि काम बिग्रियो भने कम्पनीले पैसा काट्ने र गाली गरेपछि आफूहरूले काम गर्न नमानेको लामाले बताए ।

भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी फर्निचर पसल उनले बन्द गरेर दुबई पुगेका थिए । काठमाडौंं धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले गत असोज २८ गते १ लाख ७५ हजार रुपैयाँ लिएर दुबई लगेकोमो सम्झौताअनुसार फर्निचरको काम दिएन । मासिक तलब १ हजार १ सय २० दिरहम (करिब ४० हजार नेपाली) पाउने सर्तमा गएका उनी अलपत्र छन् ।

दुबईको जेबेल अली पुगेपछि उनीहरूलाई भिन्न काममा लगाइयो । काम फरक परेको भन्दै उनीहरूले सागर म्यानपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराएका थिए । तर, त्यस विषयमा खासै चासो कम्पनीले नदेखाएको उनीहरुको गुनासे छ ।

म्यानपावरले फर्निचरको काममा पठाएका श्रीमानलाई बेल्चा हान्न लगाउँदा उनी बिचल्लीमा परेको अन्सारीकी श्रीमती अफ्रुज खातुनले गुनासो पोखिन् । दुबई गएको ९ दिनमै श्रीमान् ओछ्यानमा थला परेकोमा सँगै गएका साथीहरूले हेरचाहसँगै उपचार गराउँदा उहाँँ सकुशल रहेको उनले बताइनु ।

श्रीमान्लाई नेपाल झिकाउन उनी सबैतिर भौतारिरहेकी छन् । तर, उनको सुनुवाइ भएको छैन । नेपाल फर्काइदिनु भन्दै श्रीमान्ले पनि रुँदै घरमा फोन गर्ने गरेकोमा मेनपावर कम्पनीले उल्टै २५०० दिराम मागिरहेको उनले गुनासो गरेकी छन् ।

मङ्गलबार, १२ मंसिर, २०८०, दिउँसोको ०३:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर