तुलसी सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैद, ६९ करोड जरिवाना

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनमा दोषी ठहर भएका अध्यक्ष केदारनाथ शर्मासहितका तीन जनालाई मोरङ जिल्ला अदालतले सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले तुलसी सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैद सजाय र ६९ करोड ५९ लाख २१ हजार २६८ रूपैयाँ बिगो तथा बिगो बराबरकै रकम जरिवाना तोकेको हो ।

सहकारीका अध्यक्ष शर्मालाई पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रूपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार मणि पोखरेलले जानकारी दिए ।

सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई दुई वर्ष २ महिना कैद सजाय सुनाएको अदालतले २७ लाख रूपैयाँ बिगो र त्यत्ति नै जरिवाना तोकेको । उनलाई पीडित राहत कोषमा १ लाख ८ हजार जम्मा गर्न पनि भनेको छ र।

त्यसैगरी, सहकारीकी सचिव सविना न्यौपानेलाई दुई वर्ष कैद र राहत कोषमा ६ सय रूपैयाँ जम्मा गर्न अदालतले आदेश दिएको छ।

बिहिबार, २३ जेठ, २०८२, साँझको ०६:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर