विराटनगर । मोरङको उर्लाबारी आगलागीमा घाइते भएका राम नरेश मरिता ९यादव० को उपचारका क्रममा निधन भएको छ । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको गएराति निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
अस्पतालको आइसीयूमा उपचाररत यादवको सोमबार राति ११ बजे निधन भएको दासले बताए ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी–७ दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
कीर्तिपुर बर्न अस्पतालमा २० जना घाइतेहरू उपचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । जसमध्ये आइसीयूमा २ जना छन् ।
यसअघि तपन पण्डित, कुमार दाहाल ,कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भइसकेको छ । यादवको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको छ ।