विराटनगर । प्रदेश १ को उदयपुरमा मात्र अहिलेसम्म कोरोना संक्रमित पाइएकोमा भोजपुरका एक जनामा पनि कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुरको हतुवागढीका २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो ।
गत फागुन ३० मा साउदी अरबबाट आएका भोजपुरका ती युवकमा कोरोना पुष्टि भएको हो । ती युवकलाई र्यापिड टेस्टमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनभयो ।
बिहीबारसम्ममा १० जना उपचारपछि निको भएका छन् । प्रदेश १ मा २८ संक्रमितले विराटनगर स्थित कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका छन्।