अस्पतालबाट डिस्चार्ज भएका १४ वर्षीय बालकमा कोरोना पुष्टि

जनकपुरको पिसिआर ल्याबकै रिपोर्ट काठमाडौंमा उल्टियो

विराटनगर । बिहीबार कोरोना पुष्टि भएका सर्लाहीका १४ वषीय बालक कोरोनाको आशंकामा अस्पताल भर्ना भएर रिपोर्ट नेगेटिभ आएपछि घर गएको पाइएको छ ।

सर्लाहीको धनकौल गाउँपालिका–५ का बालक लकडाउन सुरु भएपछि दिल्लीबाट घर फर्किएकोमा र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा पोजेटिभ देखिएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

वैशाख ५ गते अस्पतालबाटै थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि अस्पतालले ७ गते उनलाई घर पठाएको थियो ।

दिल्लीबाट आएकाले पुनः परीक्षणका गर्न काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । यसअघि नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका उनलाई जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बालकलाई अस्पताल ल्याएर कन्ट्याक ट्रेसिङको काम सुरु गर्ने बताउनुभएको छ । नेपालमा बालकमा कोरोना देखिएको पहिलो घटना हो ।

नेपालमा अहिलेसम्म ४७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये प्रदेश १ मा २८ जना रहेका छन् ।

बिहिबार, ११ बैशाख, २०७७, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर