विराटनगर । उदयपुरमा थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका ३ भुल्केका अर्का दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार नै विराटनगरमा गरिएको परीक्षणमा ८ जना र काठमाडौंमा गरिएको परीक्षणमा एक जनामा संक्रमण देखिएको थियो । काठमाडौंमा गरिएको परीक्षणमा थप २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार १८,१८,२९,३३,४०,४१,४१,५२ र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीय महिला र अर्की उमेर नखुलेकी महिलामा संक्रमण देखिएको हो ।
मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा ८ जना र काठमाडौंमा परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै उदयपुरको भुल्के स्थित नुरी मस्जिद आसपासका बासिन्दा हुन् ।
शुक्रबार सोही मस्जिदमा बस्दै आएका १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै शनिबार मस्जिदमै बस्ने थप एक जनामा कोरोना संक्रमण देखिएको थियो ।
कोशीमा पुष्टि भएकाहरूलाई मंगलबार दिउँसो दुईवटा एम्बुलेन्समा हालेर धरान लगिएको थियो । उनीहरुलाई विराटनगर ल्याइएको छ । थप संक्रमित तीन जनालाई पनि उदयपुरबाट विराटनर हिँडाइएको छ ।