ओली सिण्ड्रोमको अन्तिम प्रयोग !

  श्यामकुमार अधिकारी

सपना देख्न छोड्नु हुन्न । देखेको सपनालाई पूरा गर्ने साना र ठूला प्रयत्नहरु हजारौं पटकको असफलतापछि पनि त्याग्नु हाुदैन । सपना (ड्रिम) एउटा परिकल्पना (हाइपोथेसिस्) हो । सपनालाई परिकल्पनामा रुपान्तरण गरेपछि यसलाई प्राप्ति गर्ने पद्दति (टर्मिनोलोजी) पनि वैज्ञानिक एव वस्तुवादी, आलोचनात्मक र मानव शरीर रचनाक्रिया जस्तै हुनुपर्छ । सपना पूरा गर्ने पद्दति अनुसार अनुसन्धान कार्य व्यवस्थापन गर्ने समय अनुक्रमहरु सबै ठाउँमा एकै ढंगले लागु हुँदैन  ।
कतिपय अनुसन्धान कार्य पूरा गर्न दसकौ लाग्न सक्छ । अनेकौं अवरोधहरु आउन सक्छन् तर, हरेस खानु हुँदैन । अवस्य एक दिन सफल भइनेछ । मौलिक अनुसन्धान गर्न यथार्थमा जटिलै हुन्छ । तर, सफल भएपछि त्यसको मूल्य अतुलनीय हुन्छ ।

मैले पनि धेरै सपनाहरू देखें । त्यसमध्ये वि.सं.२०४६/४७ देखिको लोकतन्त्र र अस्थिरता बीचको नृ–मनोवैज्ञानिक सम्बन्ध संरचनाका बारेमा अनुसन्धान गर्ने सपना वि.सं.२०६२ साल मंसिर ०५ गते भएको १२ बुँदे सहमतिदेखि मात्रै मूर्तीकरण हुने प्रक्रिया थालनी भएको हो । वि.सं.२०७२ सालसम्म शरीर रचना क्रियाविधि मार्फत अनुसन्धान गर्दा लोकतन्त्र र बहुलवादी चिन्तन प्रणाली बीच बौद्धिक अपाङ्गीय सम्बन्ध संरचना स्थापित भएको र वि.सं.२०७२ असोज ०३ गते जारी भएको नेपालको संविधान, २०७२ सम्मलाई हेर्दा सत्यापित भएको र नेपालको राज्यसत्ताभित्र छायाँ शक्ति सङ्घर्ष समाधान हुन नसकेको अवस्थामा अझै गहिराइमा गएर राज्यसत्ताभित्रको छायाँ शक्ति संघर्षमा प्रयोग गरियो ।
वास्तवमा यो प्रयोगले स्पष्टतः नेपालको लोकतन्त्रको स्वरूप प्रत्यारोपण तथा स्वामित्व हस्तान्तरण गर्नु पर्ने जरुरी देखाइदियो । पछिध्ल्लो पटकको पूर्व प्रधानमन्त्री केपी ओली मार्फत दुई पटक संसद विघटन गरिएको घटनाबाट झनै पुष्टि हुने देखियो । लोकतन्त्र र बहुलवादी चिन्तन प्रणाली बीचको बौद्धिक अपाङ्गीय सम्बन्ध संरचनाका कारण लोकतन्त्र र अस्थिरता बीचको सम्बन्ध विभाजन गर्न गाह्रो भएको हो ।

लोकतन्त्र र यसका परम्परागत साझेदार शक्तिहरु बीचको सम्बन्ध संरचना विभाजन प्रक्रिया १६ बुँदेदेखि सुरु भैसकेको छ । अब लोकतन्त्र र बहुलवादी चिन्तन प्रणाली बध्ीचको बौद्धिक अपाङ्गीय सम्बन्ध संरचनालाई विभाजन प्रक्रियामा लैजान ओली सिण्ड्रोमलाई शल्यक्रिया कोठाको रूपमा तयार गरिदैछ । नेपाली राजनीतिको भरीया ओली सिण्ड्रोम इतिहासकै अन्तिम प्रयोग हुनेछ ।

मङ्गलबार, ०१ कार्तिक, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर