माओवादी सरकार र सडकमा हुनुको अर्थ

 जीवन आचार्य

देशमा प्रतिगमन भयो, हजारौंको बलिदानीबाट प्राप्त उपलब्धि, परिवर्तन र संबिधान माथि नै खतरा बढेपछि अग्रगमनकारीहरुको गठबन्धन बन्यो। स्मरण रहोस्ः ५ दलीय गठबंधन एमसिसि पास गर्ने शर्तमा बनेको थिएन। मुख्य कुरा गठबन्धनको सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि एमसिसि कहि कतै ऊल्लेख थिएन। तर, अहिले आएर एक्कासी पास हुनुपर्छ भन्ने बालहठ देखिंदा माओवादी सडकमा आउन बाध्य भएको हो किनभने माओवादी हिजोदेखि नै बिना संशोधन पास गर्न सकिदैन भन्ने धारणा राख्थ्यो।

अब माओवादीले के गर्छ ?

अब बुझ्नपर्ने कुरा के छ भने माओवादीसँग खारिएको नेतृत्व छ र यो पार्टी को नेतृत्व नै ५ दलीय गठबन्धनको मुख्य सुत्राधार भएकाले माओवादी नेतृत्वले पहिला जनमत अनुसार निर्णय गराउने प्रयास गर्नेछ जुन अहिले चलिरहेको छ। यदि गठबन्धनमा सहमति भएन भने र एमसिसिमा जबरजस्ति गर्न खोजियो भने माओवादी ढुक्कसंग सरकार छोडेर जनतामा जानेछ।

लेखकः माओवादी केन्दका प्रदेश सदस्य हुन् ।

बुधबार, ०४ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर