माओवादीको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि काठमाडौंमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको छ ।

यो निर्णयलाई औपचारिकता दिन पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गरिएकाले एक बजेका लागि पूर्वनिर्धारित उदघाटन समारोह तीन बजेसम्मका लागि सारिएको छ ।
१२९ औं माओ जन्मजयन्तीको अवसर पारेर माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ ।

 

आइतबार, ११ पुष, २०७८, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर